• ८ मंसिर २०८१, शनिबार

भारतमा १५ हजार सात सयभन्दा बढी कोरोना सङ्क्रमित

blog

नयाँदिल्ली, भदौ ३  गते । भारतमा एक दिनमा पन्ध्र हजार सात सय ५४ जना कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख १४ हजार छ सय १८ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ३० जना छन् ।

गत २४ घण्टाको समयअवधिमा कोरोना सङ्क्रमणबाट यहाँ ३० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार दुई सय ५३ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ८५ हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब नौ करोड २७ लाख ३२ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । रासस/सिन्ह्वा