• १३ साउन २०८१, आइतबार

सुक्खा पहिरो खस्दा हेलम्बुका ११ घर उच्च जोखिममा

blog

फाइल तस्बिर

हेलम्बु, साउन २७ गते । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन्। पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घर पनि जोखिममा छन्। उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो। 

अहिले तत्कालका लागि विस्थापितलाई १० वटा पाल गाउँपालिकाले उपलब्ध गराएको छ। पहिरो गएपछि सो स्थानको अवलोकनका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको टोली पुगेको छ। पहिरोले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सीमामा रहेको तालामाराङ खोला थुनिन सक्ने जोखिम देखिएपछि तालामाराङ बजार क्षेत्रमा रहेका स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। रासस