• १९ फागुन २०८२, मङ्गलबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, फागुन १९ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ छ पैसा र बिक्रीदर १४६ रुपियाँ ६६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ २८ पैसा र बिक्रीदर १७१ रुपियाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ७९ पैसा र बिक्रीदर १९६ रुपियाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ५३ पैसा र बिक्रीदर १८९ रुपियाँ ३० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ४५ पैसा र बिक्रीदर १०३ रुपियाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ९३ पैसा र बिक्रीदर १०७ रुपियाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ८५ पैसा र बिक्रीदर ११५ रुपियाँ ३३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ २२ पैसा र बिक्रीदर २१ रुपियाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ९१  पैसा र बिक्रीदर ३९ रुपियाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ९६ पैसा र बिक्रीदर ४० रुपियाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६४ पैसा र बिक्रीदर चार रुपियाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ७६ पैसा र बिक्रीदर ३९ रुपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १९ पैसा र बिक्रीदर ३७ रुपियाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ दुई पैसा र बिक्रीदर १० रुपियाँ छ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ दुई पैसा र बिक्रीदर १६ रुपियाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९३ पैसा र बिक्रीदर २३ रुपियाँ दुई पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ६७ पैसा र बिक्रीदर १८ रुपियाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपियाँ ७९ पैसा र बिक्रीदर ४७९ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपियाँ दुई पैसा र बिक्रीदर ३८८ रुपियाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपियाँ १३ पैसा र बिक्रीदर ३८० रुपियाँ ६९ पैसा रहेको छ  । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस