काठमाडौँ, मङ्सिर २ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताले भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटमा उहाँहरूबिच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरूको साथ आफूलाई आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले बताउनुभयो ।
भेटमा कांग्रेसका युवा नेताले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका थिए ।
भेटमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा, सन्दीप निरौलालगायतको सहभागिता रहेको थियो । रासस