२१ असार २०७९, मङ्गलबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
२१ असार २०७९, मङ्गलबार
३ वर्ष पहिले
बिजुवार, असार २१ गते । प्युठानको ऐरावती गाउँपालिका– ६ बिजुलीकोटमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । चट्याङ लागेर ऐरावतीको वडा न ६ का ५ जना र वडा नं १ दाङवाङ्गका ४ जना गरि ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यी मध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिनुभयो । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेकाे छ ।
सलिम मियाँ