देवराम यादव
सप्तरी, असोज ४ गते । सप्तरीको तिलाठी कोइलाडी ६ र ७ वडास्थित वभनगामा जण्डौल–कुशहा सडक मर्मत सम्भारमा स्थानीय युवाहरू जुटेका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय युवाहरु सडक मर्मत सम्भारमा जुटेका हुन् ।
सडकको स्तरउन्नतिमा नेपाल सरकारले बर्सेनि करोडौं लगानी भए पनि भत्किएको सडक मर्मत सम्भारमा स्थानीय युवाहरू जुटेका छन् ।
विगत तीन वर्षदेखि सडकको पानी निकास नहुँदा खाल्डाखुल्डीमा पानी जमेर हिँडडुलमा समस्या भएपछि मर्मत सम्भारमा जुटेको स्थानीय युवा अरुणकुमार यादवले बताउनुभयो ।
स्थानीय युवाहरूले दसैँ तिहारसहित हिन्दुहरूको महान चाडपर्वलाई ध्यानमा राख्दै आफ्नो गाउँ आफैँ बनाउ भने उद्देश्यका साथ सडक मर्मत सम्भारमा जुटेको सहभागी रामनाथ यादवले बताउनु भयो ।
सडक निर्माण कार्यका लागि स्थानीयको विवादका कारण वर्षाैदेखि निर्माण कार्य रोकिएको गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल, वडा ६ का वडाध्यक्ष रोशन सिंह र वडा ७ का वडाध्यक्ष हरिनारायण मण्डललाई पटक–पटकभन्दा पनि सुनुवाइ नभएपछि गाउँका युवाहरूको सहयोगमा सडक मर्मत सम्भार गरिएको स्थानीय सूर्यनारायण यादवले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधिहरूले समाजको विकास र निकासमा कुनै चासो नदिएको भन्दै स्थानीय युवाहरूले आक्रोश व्यक्त गरेका छन ।
उक्त सडक मर्मत कार्यमा स्थानीय रामप्रसाद मण्डल, रामवाहुर रजक, भक्त नारायण राय, अमिर महतो, जिवछ यादव, विन्देश्वरी यादव, प्रशुराम यादव, रवीन्द्र साह, देवेन्द्र यादव, मनोज रजक, रुपेश यादव, प्रयाग यादव, देवनारायण यादव, शिवनारायण मण्डल, जितेन्द्र मण्डल, विष्णु यादव, अमलेश यादवलगायत समाजसेवी, बुद्विजिवी, सञ्चारकर्मी, प्रहरी, किसान, युवा, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले सडक निर्माण कार्यका लागि स्थानियको विवादका कारण विगत तीन वर्षदेखि निर्माण कार्य रोकिएको जानकारी दिनुभयो । उहाँले सडक निर्माण कार्यका लागि स्थानीयको विवाद समाधान भएपछि सडक निर्माण गर्ने बताउनुभयो ।