यामराज बिष्ट
पञ्चकोशी (दैलेख), असोज ४ गते । दैलेखमा शनिबार विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेत–दैलेख ३३ केभी प्रसारण लाइनअन्तर्गत पर्ने क्षेत्रहरूमा आज बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
प्रसारण लाइनमा छोइएका रूख तथा हाँगाबिगा काट्ने कार्यका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रले जानकारी दिएको छ ।
बिहान ८ देखि दिउँसो ४ बजेसम्म प्रसारण लाइनमा विद्युत प्रवाह पूर्ण रूपमा बन्द गरिने भएको हो । लाइनमा ठुला रूख र हाँगाबिगा झुण्डिएर जोखिम बढिरहेकाले मर्मतको आवश्यकता सेवा अवरुद्ध भएको हो ।