• ४ असोज २०८२, शनिबार

पाँचौँ जिल्ला स्तरीय स्क्राबलमा सिद्धबाबाका आयुष प्रथम

blog

जिल्ला स्तरीय स्क्राबलमा उत्कृष्ट सिद्धबाबा माबिमा । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज ४ गते ।
पाँचौँ गुल्मी जिल्ला स्तरीय स्क्राबल प्रतियोगितामा सिद्ध बाबा माविका आयुष गुरुङ्ग प्रथम हुनु भएको छ । प्रतियोगीतामा सिद्धबाबा मावि, महेन्द्र मावि, मालिका मावि, उपल्लो तम्घास मावि, अर्जुन बोर्डिङ्ग स्कुल, नयाँगाउँ मावि र गण्डकी बोर्डिङ्ग स्कुल गरेर सात विद्यालयका १४ खेलाडीको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा द्वितीय पनि सिद्ध बाबा माविका विशाल विक र तृतीय मालिका मावि सिमलटारीका अनुप अर्याल भएको सिद्ध बाबा माविका शिक्षक टिका खड्काले जानकारी दिनुभयो । सिद्धबाबा माविले संयोजन गरेको प्रतियोगितामा एउटा विद्यालयबाट दुई जना १८ वर्षमुनिका विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउने व्यावस्था रहेको खड्काले बताउनुभयो । प्रतियोगिताता उत्कृष्ट तीन जना हेटौँडामा असोज २९, ३० र ३१ हुने राष्ट्रिय स्काबल प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

गत वर्ष गुल्मीबाट आठ जना राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगीतामा उत्कृष्टलाई आयोजकको तर्फबाट ट्रफि र प्रमाणपत्र प्रदान गरेको छ । प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताका माध्यमबाट विद्यार्थीमा शब्दभण्डार बढ्ने, नयाँ ठाउँको परिवेश चिन्ने र अवलोकन भ्रमण गर्ने अवसर हुने, संस्कृतिक, भाषा, रहनसहनका विषयमा नजिकबाट जान्ने अवसर प्रदान हुने बताइएको छ ।

सिकाइले मात्र सर्वाङ्गीण विकास सम्भव नहुने भएकाले स्वयंसेवी भावनाका साथ स्क्राबललाई अगाडि बढाइएको सिद्धबाबा माविका प्रध्यानाध्यापक डोर बिक्रम श्रीसले जानकारी दिनुभयो ।