• २४ भदौ २०८२, मङ्गलबार

रौतहटमा जेनजीको प्रदर्शन सुरु

blog

चन्द्रपुर नगरपालिका अगाडि जेनजीको प्रदर्शन । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), भदौ २४ गते ।
रौतहटको विभिन्न ठाउँमा मङ्गलबार जेनजीले प्रदर्शन सुरु गरेका छन् । बिहानै रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्डको शेख इद्रिस गेट नजिक, दुर्गाभगवतिको गंगापिपरा, कटहरिया, गरुडा,चन्द्रनिगाहपुर लगायतका ठाउँमा भेला भएर जेनजी युवाहरुले प्रदर्शन सुरु गरेका हुन् ।

चन्द्रनिगाहपुरको मुख्य सडक खण्ड अगाडि टायर बालेर प्रदर्शन गरिरहेका जेनजी युवाहरु इलाका प्रहरी कार्यालय हुँदै चन्द्रपुर नगरपालिका कार्यालय अगाडि पुगेर प्रदर्शन गरिरहेका छन् ।

त्यस्तै कटहरियामा जेनजी युवाहरुले इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । जेनजी युवाहरु भेला भएर गरिरहेको प्रदर्शनमा बिद्यार्थी मार्न पाइँदैन लगायत विभिन्न नारा लगाइएको छ ।