गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २२ गते । बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजित ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल–२०२५’ को नवौँ संस्करण सम्पन्न भएको छ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित उक्त प्रतियोगिताले बालबालिकाका अद्वितीय क्षमता उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गरेको छ । कार्यक्रममा जुनियर गल्र्सतर्फ आभ्या ढकाल, सिनियर ब्वाइजतर्फ जोसेफ राई र सिनियर गल्र्सतर्फ अबनवी कार्कीले ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल–२०२५’ को उपाधि हात पार्नुभयो ।
कार्यक्रमको निर्णायकहरूमा ब्युटिफुल माइन्ड्स प्री–स्कुलकी संस्थापक प्रिन्सिपल नीलिमा मास्के श्रेष्ठ, सञ्चारकर्मी लभ कार्की, न्युज दैनिकका सम्पादक कल्पना शर्मालगायत रहनुभएको थियो ।