साधन घर्ती
म्याग्दी (दरबाङ), भदौ २२ गते । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित गणेशटोलमा हाईलेक्स जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेनी नगरपालिका–८, मा मुस्ताङबाट पोखरा जाँदै गरेको बा २६३६ नम्बरको डिमेक्स हाईलेक्स जिपले ठक्कर दिँदा पैदलयात्री जिल्ला पर्वत जलजला गाउँपालिका–७, तीन वर्षीय रियास सुनारको ज्यान गएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका सुनारको प्रदेश अस्पताल बेनीमा उपचारका क्रममा राति पौने ९ बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । ‘‘बालकलाई चिन्ताजनक अवस्थामा अस्पतालमा पु¥याइएको थियो, चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको छ,’’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । जिल्ला प्रहरी कार्यालयले दुर्घटनापछि थप अनुसन्धान गरिरहेको जनाएको छ ।