• १८ भदौ २०८२, बुधबार

वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिजको तयारी

blog

फाइल तस्बिर ।

काठमाडौँ, भदो १८ गते । नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरव इमिरेट्स (युएई)मा हुने टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० तारिख सिरिज खेल्नेछ ।

नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ टोलीसँग भने नेपालले गत वर्ष घरेलु मैदानमा टी–२० सिरिज खेलेको थियो ।

दुई पटक टी–२० विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजविरुद्धको यस सिरिजलाई नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रुपमा लिएको छ ।