काठमाडौँ, भदौ १८ गते । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा हुनुभएका भोलानाथ थापालाई पदोन्नति भएको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उपरथीको दर्ज्यानी प्राप्त गर्नुभएका थापालाई निरीक्षणाधिकृतमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । रासस