• १९ भदौ २०८२, बिहिबार

भेरी नदीको बिच टापुमा पुरुषको शव फेला

blog

राजु लामिछाने

रुकुमपश्चिम, भदौ १८ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-३ कोइलतरीस्थित भेरीनदीको बिच टापुमा एक पुरुषको शव फेला परेको छ । 

बुधबार दिउँसो स्थानीयले काठको मुडामा मानिसको शव अड्किएको भनेर प्रहरीलाई सूचना दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. ४७ गुल्मबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली गएर शव निकालेको छ । 

घटनास्थलमा रहनुभएका सशस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिशचन्द्र हमाल र नेपाल प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनको टोलीले स्थानीय समेतको सहयोगमा नदीको बिच बगरमा रहेको शव निकालेको हो । 

शवको पहिचान भने हुन सकेको छैन । अन्दाजी ३० बर्षको पुरुषको शव रहेको प्रहरी नायब निरीक्षक गौतमले जनाउनुभयो । उहाँका अनुसार शवलाई पोष्ट मार्फटको लागि जिल्ला अस्पताल सल्ले पठाईएको छ । 

शव नदिले बगाएर ल्याएको हुनसक्ने र थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।