• २२ साउन २०८२, बिहिबार

‘मल वितरणमा सहकारीले मापदण्ड पूरा गरेको छैन’

blog

भगवानपुर गाँउपालिकाको मल वितरण गरिरहेको लक्ष्मी गाणेश र अपन सहकारीको मल अनुगमन समितिले अनुगमन गर्दै । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, साउन २१ गते ।
कृषि कम्पनी लिमिटेड शाखा कार्यालय लहानबाट सिरहाका १७ वटै पालिकाका सहकारीहरुलाई किसानलाई डिएपी मल वितरण गर्न दिएको निर्देशन र मापदण्ड पूरा नगरिएको पाएको छ ।

किसानहरुले कृषि सहकारीबाट गएको मल पाउन नसकिरहेको गुनासो गरेपछि इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहान नगरपालिका र भगवानपुर गाउँपालिकामा रहेको आधा दर्जन सहकारीहरुले मङ्गलबार अनुगमन गर्दा मापदण्ड पूरा नगरिएको पाएको इलाका प्रशासन कार्याकालय लहानका अधिकृत सन्तोष रायले बताउनुभयो ।

लहान नगरपालिका –१ मा  रहेको श्री सहकारी संस्था लहानले पाएको ८० बोरा मल वितरण गरिएको मलको मूल्यसूचि नभएको पाएको छ भने लहान–१ मै रहेको यादव इन्टरप्राइजेज र लहान–४ मा रहेको लक्स कृषि सहकारी र राधा एग्रोभेट लहान–२३ गढामा मापदण्ड नगरिएको पाएको छ । 

भगवानपुर गाउँपालिकाका पाँच वटै वडाको मल एउटै किराना पसलबाट वितरण गरिरहेको पाएकोछ । अमृत किराना पसलका सञ्चालक बलराम साहले लक्ष्मी गणेश र अपन सहकारीको नाममा ल्यााएको मल वितरण गर्दा किसानले झमेला पाइरहेका स्थानीय किसानहरुले गुनासो सुनाउनुभयो । आएको ६३० बोरा मलमध्ये पाँच वटा वडालाई ७५ बोराको दरले ३७५ बोरा दिइएको र बाँकी २५५ बोरा मल गाँउपालिका अध्यक्ष उग्र नारायण यादवले आफ्नै नियणत्रणमा राखिएकाले कति मल आएको नआएको यकिन किसानहरुलाई हुन नसकेको स्थानीय किसानहरु अरबिन्द यादव र महेश्वर झाले अनुगमन गर्न आएका अनुगमन टोली समक्ष गुनासो गर्नुभयो ।

‘‘कति बोरा मल आएको बारे यस पटक अनुगमन टोलीले जानकारी गराएपछि मात्रै थाहा भयो,’’ स्थानीय किसानहरुले सुनाउनुभयो ।

सिरहा जिल्लाको १२५ कृषि सहकारीहरुको माध्यमबाट दोस्रो पटक वितरण गरिएको अठार हजार ६०० बोरा डिएपी मल वितरणमा अनियमितता र कमजोरी देखिएकको अनुगमन टोलीले निष्कर्ष निकाल्दै पहिलो पटक सचेत गराएको सहकारीहरुले मापदण्ड पुरा नगरी कमजोरी नसच्चयाएमा अर्को पटकको अनुगमनबाट कानुनी कारबाही गरिने रायले सञ्चारकर्मीहरुलाई बताउनुभयो ।

प्रति बोरा डिएपी मल दुई हजार ४५० बोरा र युरिया मल प्रति बोरा ९५० बोरामा बिक्री गर्नुपर्ने मल प्रति बोरामा पाँच सयदेखि सात सयसम्म बढी रकम लिएर बिक्री गरिरहेको गुनासो किसानले गरेपछि अनुगमन गर्न आवश्यक रहेकोले इप्रका लहानले आफ्नो क्षेत्र पर्ने गाउँपालिकाहरुमा निरन्तर अनुगमन गरिरहने उहाँले बताउनुभयो ।

किसानहरुको गुनासोलाई सुनेर मल वितरण गरिने कृषि सहकारीलाई अनुगमन गर्न आएपछि भगवानपुरका किसानहरु खुसी व्यक्त गर्दै गाउँपालिका अध्यक्षले २५५ बोरा मल आफ्नो नियणत्रणमा राख्नुले मल वितरणमा राजनीतिकरण भइरहेकाले यसलाई रोक्न र नियमित अनुगमन गरिरहन आग्रह गनुभयो ।

साउन महिनामा दोस्रो पटकमा लहान नगरपालिकामा दुई हजार ९० बोरा र भगवानपुर गाउँपालिकाका ६३० बोरा डिएपी मल गएको कम्पनी लिमिटेड लहान शाखाका प्रबन्धक दिपक पौडेलले जानकारी दिनुभयो ।