ज्योति पन्थी
बबई (बर्दिया) जेठ ३० गते । जिल्लाको गाउँपालिका र नगरपालिका आफ्नो बजेट तयारीमा जुटिरहेका बेला आठ स्थानीय तहमा युवाहरुले युवा लक्षित कार्यक्रम राख्नुपर्ने माग गर्दै स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बाँके युनेस्काे क्लबले बर्दिया जिल्लाको ठाकुरद्वारा आयोजित कार्यक्रममा ४० जना युवाले स्थानीय सरकारले बजेट बनाउँदा युवा लक्षित कार्यक्रमा ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको राज थारुले बताउनुभयो ।
गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमका अनुसार युवाहरुले आगमी वर्ष स्थानीयतहले बजेट विनियोजन गर्दा युवा लक्षित कार्यक्रम समावेश गर्नुपर्ने र कार्यक्रममा युवाहरुको संलग्नता हुनेपर्नेलगायतका माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । गौतमले युवाहरुको माग जायज भएको र यसका बारेमा नगरपालिकामा छलफल गरिने बताउनुभयो ।
बालविवाह न्यूनीकरणका लागि काम गर्दै आइरहेको बाँके युनेस्काे क्लबको आयोजनामा बर्दियाका ८ स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाउने तयारी रहेको र कतिपय स्थानीय तहमा बुझाई सकिएको बाँके युनेस्काे क्लब सशक्त बालिका परियोजना बर्दियाका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले बताउनुभयो ।
बर्दिया जिल्लाका स्थानीयतहरु यतिबेला आगामी वर्षका लागि बजेट बनाउन व्यस्त छन् । आगामी महिना हुने नगरसभा र गाउँसभाले निर्देशित गरेका कार्यक्रम २०८२/८३ मा गर्नुपर्ने हुन्छ ।