• २२ जेठ २०८२, बिहिबार

ठडियो सुविधायुक्त नगर अस्पताल

blog

मेलम्ची नगरपालिका–११ मा निर्माण भएको मेलम्ची नगर अस्पताल ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, जेठ २० गते  । मेलम्ची नगरपालिकामा सुविधायुक्त नगर अस्पताल ठडिएको छ । अबको केही दिनमा उक्त अस्पतालबाट विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गरिने नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

दुईतले १५ श-याको अस्पताललाई प्रादेशिकस्तरको २५ श-याको अस्पताल बनाइने भएको हो । अस्पतालका लागि १५ करोड रुपियाँ सङ्घीय सरकारको बजेटबाट आएको हो । उक्त अस्पतालमा शल्यव्रिmया, प्रसूति सेवा, जनरल स्वास्थ्य सेवा, दन्त सेवा, हाडजोर्नीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गरिने छ । 

मेलम्ची नगरपालिका–११ मा सुविधासम्पन्न नगर अस्पताल बनेपछि स्थानीय हर्षित छन् । उक्त अस्पतालबाट मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिकालगायत काभे्रपलाञ्चोक जिल्लाकाले समेत स्वास्थ्य सेवा पाउने नगरप्रमुख तामाङले बताउनुभयो । 

मेलम्चीमा पुरानो भवनमा नगर अस्पताल सञ्चालन हुँदै आएको छ । चौतारामा प्रादेशिकस्तरको चौतारा अस्पताल सञ्चालनमा छ । बाह्रबिसे नगरपालिकाले बाह्रबिसेमा भर्खरै नगर अस्पताल सञ्चालनमा ल्याएको छ । नौ गाउँपालिकाले पालिकास्तरीय अस्पताल भवन निर्माण गरिरहेका छन् । पालिकापिच्छे अस्पताल सञ्चालनमा आउने भएपछि नागरिकले उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको हो ।