• २१ जेठ २०८२, बुधबार

एक करोडसम्म ऋण लिने उद्यमीले दुःख पाए : पूर्वअर्थमन्त्री कार्की

blog

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडाैँ, जेठ १९ गते । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म ऋण लिने उद्यमीहरूले अहिले पनि दुःख पाएको बताउनुभएको छ । सोमबार अर्थ समितिमा भएको बाफिया सम्बन्धी छलफलमा उहाँले त्यस्ता ऋणीहरूलाई बैँकहरूले दुःख दिने गरेको बताउँदै राष्ट्र बैँकको गम्भीर ध्यान जानुपर्ने बताउनुभएको हो । 

उहाँका अनुसार साना, मझौला उद्योगहरू चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान सक्दैन । त्यसैले सहज रुपमा ऋण लिने वातावरण हुनुपर्छ । कार्कीले बाफिया महत्त्व विधेयक रहे पनि यसमा सुधारका आवश्यकता रहेको बताउनु भयो । जनता लाभान्वित हुनेगरी विधेयक छिटो पास गर्ने दिशामा अघि बढिनुपर्ने उहाँको भनाइ छ । 

पूर्वअर्थमन्त्री कार्कीले भन्नुभयो, "१ करोडसम्म ऋण लिने उद्यमीले अहिलेपनि सहजै ऋण लिन पाइरहेका छैनन् । राष्ट्र बैँक गम्भीर होस् । उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा, र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।"

कांग्रेस सांसद समेत रहनुभएका कार्कीले बैंकर र व्यापारीबिच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।