काठमाडौँ, जेठ १८ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोली र थाइल्यान्डबिचको दोस्रो मैत्रीपूर्ण खेल सामेबार हुने छ ।
नेपाल यसअघि आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग १–० गोलले पराजित भएको थियो । नेपाल र थाइल्यान्डबिच दोस्रो खेल विश्व फुटबल महासङ्घ (फिफा) बाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय खेल हो ।
नेपालले एएफसी महिला एसिया कप छनोटको तयारीका लागि थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । छनोटको पहिलो चरणका खेलहरु मे ४ तारिखबाट सुरु हुने छ ।
छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउनेछ ।
नेपाली महिला टोली
गोलरक्षक : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ ।
रक्षक : अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई ।
मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङ ।
स्ट्राइकर : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।