• १७ जेठ २०८२, शनिबार

श्री भगवती ‘ए’ डिभिजनमा बढुवा

blog

शीर्ष डिभिजनका उक्लिएपछि श्री भगवतीका खेलाडी ।

काठमाडौँ, जेठ ७ गते । श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । एन्फा मैदान सातदोबाटोमा ब्वाइज युनियन क्लबलाई २–१ गोलले हराउँदै श्री भगवती शीर्ष डिभिजनमा उक्लिएको हो ।

सन् २०१६ मा ‘सी’ डिभिजन च्याम्पियन बन्दै ‘बी’ मा उक्लिएको टोखाको श्री भगवतीले पहिलो पटक ‘ए’ डिभिजनको ढोका खोल्न सफल भयो । १२औँ  खेलमा श्री भगवतीलाई जिताउन शिशिर लेखी र अजित लामाले गोल गर्नुभयो ।

ब्याइज युनियनका लागि सञ्जीव लामाले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै दोस्रो स्थानमा रहेको श्री भगवतीले २६ अङ्क बनाएको छ । पराजित ब्वाइज १९ अङ्कसहित तेस्रो स्थानमा छ ।

यससँगै ‘बी’ डिभिजनबाट ‘ए’ मा बढुवा हुने दुवै टोलीको टुङ्गो लागेको छ । यसअघि प्लानिङ ब्वाइज लिग च्याम्पियन बन्दै शीर्ष डिभिजनका उक्लिसकेको छ । लिगमा सहभागी १४ क्लबमध्ये टुसाल युथ क्लब र नयाँबस्ती क्लब ‘सी’ डिभिजनमा (घटुवा) रेलिगेसन भए । 


यस्तै एन्फा मैदानमा बुधबार भएको खेलमा मध्यपुर युथ एसोसिएसनले नयाँबस्ती युवा क्लबविरुद्ध ४–० गोलको सानदार जित निकाल्यो । मध्यपुरको जितमा विज्ञान खड्काले दुई तथा राहुल खड्का र साहिल केसीले एक एक गोल गर्नुभयो । 

जितसँगै १३ खेलबाट १८ अङ्क बनाएको मध्यपुर पाँचौं स्थानमा उक्लिएको छ । पराजित नयाँबस्ती समान खेलबाट पाँच अङ्क जोड्दै अन्तिमा रह्यो ।