• २५ जेठ २०८२, आइतबार

खाल्डोमा डुबेर दुई बालकको मृत्यु

blog

विजयकुमार साह 

ढल्केबर, जेठ ६ गते। धनुषाको कमला नगरपालिका–२, सरावेमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। मङ्गलबार दिउँसो सोही ठाउँका रामबाबु साहका ७ वर्षीया छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिस साहको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जिव यादवले निर्माणधीन कृषि सडक छेउमा खनिएको खाल्डोमा डुबेर दुवै बाललको मृत्यु भएको बताउनुभयो। घटनास्थलको मुचुल्का गरि दुवै बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। 

प्रहरीका अनुसार दुवै बालक घरबाट निस्किएपछि अबेरसम्म नफर्किएपछि खोजी थालिएको थियो। खोजतलासका क्रममा निर्माणाधीन कृषि सडक छेउमा खनिएको खाल्डोमा पानीमा तैरिरहेको अवस्थामा दुवै बालक मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। एक परिवारका दुई बालकको मृत्युको घटनाले सिङ्गो गाउँमा शोकको वातावरण छ।