• १९ जेठ २०८२, सोमबार

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, दुुई घाइते

blog

जनार्जन खत्री

सर्लाही, जेठ ६ गते । सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा मङ्गलबार अपरान्ह दुुई वटा मोटरसाइकल जुध्दा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा दुुई जना घाइते भएका छन् । 

मङ्गलबार अपरान्ह ४ बजेतिर पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल जुध्दा दुवै मोटरसाइकल चालकको मृत्युु भएको हो । 

दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश–३–०२–००६ प ७८६८ नम्वरको मोटरसाइकलका चालक काठमाडौँ महानगरपालिका २३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्युु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुुभयो । 

प्रहरी निरीक्षक तामाङका अनुसार दुवै मोटरसाइकलका चालकलाई प्रहरीले उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल रौतहट लैजाँदा चिकित्सकले मृत घोषणा गरेका छन् । 

दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल पछाडि सवार भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते हुुनुुभएको छ । 

उहाँहरुलाई बागमती मोडेल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्जतर्फ रेफर गरिएको छ । तीव्र गतिका कारण मोटरसाइकल आपसमा ठक्कर आएको आङ्कलन गरिए पनि दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।