जयकृष्ण यादव
इनरुवा, वैशाख १७ गते । सुनसरीको रामधुनी नगरपालिकामा पहिलो पटक विभिन्न पाँच देशको खेलाडीहरुको सहभागितामा टि.एस.राई कप इन्टरनेश्नल कराते च्याम्पियनसिप हुने भएको छ ।
च्याम्पियनसिपमा नेपालको तीन टिमसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटानका खेलाडीको सहभागिता रहनेछ । वैशाख १९ र २० गते सञ्चान हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष प्रेम बहादुर बस्नेतले जनाकारी दिनुभयो ।
नेपाल सितोरियो कराते सङ्घ तथा नेपाल कराते महासङ्घघका संस्थापक पूर्व प्रमुख प्रशिक्षक तथा महासङ्घका अध्यक्ष करातेका संस्थापक थानेश्वर राईको नामबाट प्रतियोगिता आयोजना गरिन लागिएको हो ।
प्रतियोगिता सम्पन्न गर्न ११ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।