• १५ वैशाख २०८२, सोमबार

स्वरूप परिवर्तन गरिएका ३५ मोटरसाइकल नियन्त्रणमा

blog

सन्ताेष सुवेदी

कास्की, वैशाख १५ गते । कास्की प्रहरीले स्वरूप परिर्वन गरी चलाएका ३५ मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका मोटरसाइकलले चर्को आवाज निकाल्ने र स्वरूपमै परिवर्तन गरी चलाएको अवस्थामा चेकजाँच गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

वैशाख १ गतेबाट आज १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी एकाइहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा उक्त सङ्ख्याका मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाइकल लाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।