तिमी अक्षर बन म शब्द बन्ने छु
तिमी ह्रस्व बन म दीर्घ बन्ने छु
तिमी कमा बन म विसर्ग बन्ने छु
तिमी हलन्त बन म पूर्णविराम बन्ने छु
तिमी शब्दकोश बन म व्याकरणमाला बन्ने छु
तिमी प्रश्नपत्र बन म उत्तरपुस्तिका बन्ने छु
तिमी व्यावसायिक शिक्षा बन म आधुनिक शिक्षा बन्ने छु
तिमी लगनशील विद्यार्थी बन म लब्धाङ्क बन्ने छु
तिमी शिक्षाको सगरमाथा बन म पर्वतारोही बन्ने छु
हामी यसरी आत्मीय बनेका छौँ ।