गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १३ गते। हङकङमा ‘एभरेस्ट म्युजिक नाइट २०२५’ सम्पन्न भएको छ । आङबुहाङ सोसाइटी हङकङको प्रस्तुति र मिस नेपाल हङकङ तथा एभरेस्ट ग्रुपको संयुक्त आयोजनामा सम्पन्न साङ्गीतिक कार्यक्रममा गायक एकदेव लिम्बू तथा उहाँको ब्यान्ड, लोकदोहोरी गायक विमलराज क्षेत्री र गायिका शान्तारानी परियारले आआफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मानोरञ्जन दिनुभएको थियो ।
नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विश्वकर्माको जोडीले प्रस्तुति दिँदै गर्दा मोडल अलिशा शर्मा र उषा उप्रेतीको आकर्षक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध पारेको थियो । कार्यक्रममा कमेडियन भरतमणि पौडेलको पनि प्रस्तुति रहेको थियो । कार्यक्रममा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी प्रीति राईलाई ‘वर्ष खेलाडी’ को उपाधिसहित विशेष सम्मान प्रदान गरिएको थियो ।