• १३ वैशाख २०८२, शनिबार

परदेशीलाई घर फर्काउँदै बिसु

blog

बिसु पर्वमा घर चर्किएका परदेशी । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, चैत ३१ गते । बाजुरामा बिसु पर्वले भारतमा गएका परदेशीहरूलाई घर फर्काउने गरेको छ ।  यहाँका स्थानीयले बिसु पर्वलाई भव्य रुपमा मनाउने चलन पहिला देखि अहिले सम्म उस्तै रहेको छ । यो पर्व मनाउनका लागि गाउँ देखि बाहिर गएकाहरू पनि घर फर्किने गर्दछन् ।

पुरानो वर्षलाई बिदाइ तथा नयाँ वर्षको आगमन हुने बेला अर्थात् चैत महिना सकिने र वैशाख महिना लाग्ने बेलामा यो पर्व पर्ने गरेकोले यती बेला बाहिर गएको परदेशीहरूको गाउँ फर्किने निकै लहर नै चलेको छ ।

हिउँदमा खाली भएका गाउँ बस्ती यती बेला भरिभराउ भएका छन् । कामको खोजीमा हिउँदमा परदेशीएकाहरु यती बेला बिसु पर्व मनाउँन घर फर्किएपछि यहाँका गाउँ बस्ती भरिभराउ भएका हुन् ।

गाउँ घरमा यो बिस पर्वलाई सधैँ रमाइलो गरी मनाउने भएकोले यती बेला परदेशमा गएकाहरू पनि घरमा फर्किने गरेको यहाँका स्थानीय बताउँछन् ।गरिबीले गाउँ छोड्न बाध्य बनाए पनि चाड पर्वले भने सधैँ यसरी नै आफूलाई घरमा फर्काउने गरेको बुढी गङ्गा नगरपालिका स्थानीय पदम सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा लागि जस्तै दसैँ , तिहार र होरी पर्व हुन । त्यसै गरी यो बिस पर्व पनि एक हो । त्यसैले यो पर्व मनाउन घरमा आएको छु । ”गत असोज कात्तिकमा दसैँ तिहारले मलाई घर फर्काएको हो । यती बेला पनि यो बिसु पर्वले नै मलाई घर फर्काएको सार्कीले बताउनुभयो ।

बाजुराको  हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्द , बडिमालिका , गौमुल , बुढी गङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा बिसु पर्व भव्य रुपमा मनाउने चलन छ । यहाँका स्थानीयहरुले यो पर्वमा सेल पुरी र मिठा मिठा खानेकुरा बनाएर खाने गर्दछन् । यस पर्वमा इष्ट मित्रहरु छरछिमेकीहरु समेत घरमा आउने  गर्दछन् । 

यो पर्वमा महिलाहरू रानी पुतली भनेर पुत्ला खेल खेल्ने गर्दछन् । भने केटा तथा युवाहरू बिसुलौरा (वन देखि काटेर ल्याएको काठको छडी ) काटेर घरमा ल्याउने गर्छन् । अनि त्यसै लौरा एक ठाउँमा जम्मा गरेर डोली जस्तै बनाउँछन् । त्यसै डोली माथि दुई जना युवाहरूलाई राखेर त्यसलाई कानमा चढाएर रात भरी रमाइलो गर्दछन् ।