काठमाडौं, चैत २७ गते । सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुमा मोरङ्गको मिक्लाजुङ्ग–८ घर भई काठमाडौं बस्ने वर्ष ४५ का अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।
बाराको सिम्रौनगढ, कलैया, वीरगञ्ज हुँदै काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरुलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स व्यूरोको टोलीले उक्त लागु औषधसहित नियन्त्रणमा लिएको हो । सो लागु औषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् ।
नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागु औषधसहित आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।