• २५ चैत २०८१, सोमबार

शैक्षिक सुधारतर्फ क्रियाशील चेपाङ महिला

blog

बालबालिकाको पढाइप्रति चासो राख्दै अभिभावक ।

मुरारी अधिकारी 

धादिङ, चैत २४ गते ।  कुनै समय विद्यालय शिक्षाबाट टाढा बस्न रुचाउने चेपाङ महिला हिजोआज विद्यालय शिक्षाको महत्त्व बताउन थालेका पाइएको छ । 

धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ की सरिता चेपाङ अधिकांश दिन गोठीभन्ज्याङ आधारभूत विद्यालय पुग्नुहुन्छ । उहाँ शिक्षक होइन, न विद्यालयको कर्मचारी नै हो तर छोरीको पढाइ बुझ्न र छोरीलाई उत्प्रेरणा दिन विद्यालय पुग्नुहुन्छ । छोरीसँगै विद्यालय पुग्ने सरिताले शिक्षाको महŒव र शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिकाबारे जानकार हुनुभएको छ ।     

गोठीभन्ज्याङ टोलका बालबालिका नियमित रूपमा विद्यालय जाँदैनथे । घरमा पनि पढ्ने वातावरण थिएन । सरसफाइमा समेत ध्यान दिइएको पाइँदैनथ्यो । बालबालिकाप्रति अभिभावकको चासो कम थियो । विद्यालय शिक्षिका सानुमाया चेपाङले सुधारका उपायको खोजी गर्ने व्रmममा प्रयास नेपालकी सुमित्रा चेपाङसँगको भेटले शैक्षिक क्षेत्रमा ठुलो परिवर्तन ल्याइदियो ।    

संस्थाको सहयोगमा अभिभावक शिक्षा कक्षा सञ्चालन भयो । विद्यालय व्यवस्थापन समितिको बैठक, अभिभावक शिक्षा सत्र सञ्चालन, नियमित बैठकलगायतका व्रिmयाकलापले सरिता जस्तै थुप्रै आमालाई विद्यालय र शैक्षिक गतिविधिसँग जोड्यो । अभिभावकको नियमित सव्रिmय उपस्थिति, छलफलमा बालविकास उमेरका बालबालिकाप्रति अभिभावकको उत्तरदायित्व, बालविकास कक्षाका सहजकर्ता र अभिभावकको सम्बन्ध, बालविकासको महŒव, शिक्षाको महŒव, अभिभावक, शिक्षक, विद्यार्थीबिचको सम्बन्धलगायतका विषयमा छलफलले गाउँमा परिवर्तन ल्याएको हो ।

छोरीको भविष्य खोज्दै गरेकी सरिताले विद्यालयबाट धेरै कुरा सिकेको उहाँको अनुभव छ । छोराछोरीलाई विद्यालय पठाए भइहाल्यो नि भन्ने मानसिकता हटेको छ । अभिभावकले चासो दिए बालबालिकाको शैक्षिक सुधार सहज हुनेलगायतका कुरा थाहा पाएको उहाँले बताउनुभयो ।

जनप्रभात आधारभूत विद्यालयकी बिबिता चेपाङ, सोमिता चेपाङ, कालिका माध्यमिक विद्यालयकी चन्द्रकुमारी चेपाङ, फुलमाया चेपाङ पनि बालबालिकाको पढाइप्रति चासो दिन थाल्नुभएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ६, ८ र १० का १९ सामुदायिक विद्यालयका तीन सय जना आमा अभिभावक विद्यालय र बालबालिकाको पढाइप्रति चासो दिन थालेका छन् । अभिभावकको क्रियता बढेसँगै बालबालिका विद्यालयमा नियमित आउने गरेको, सरसफाइमा ध्यान दिने, शैक्षिक गुणस्तरमा सुधार भएको बालविकास शिक्षिका सरस्वती चेपाङले बताउनुभयो ।  

चाइल्ड फन्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजनाले बेनीघाट रोराङ गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक सुधारमा ठुलो सहयोग पुगेको बेनीघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकले बताउनुभयो ।