जन बाँसै न्याउली चैतकी मुइ सोराई
लागन्छे इजुकी ........
केही वर्ष पहिला चैत महिनामा सुदूरपश्चिमका दार्चुला बैतडी बझाड बाजुरा अछामलगायतका कतिपय जिल्लामा महिनाको सुरुदेखि अन्तसम्म बाटैभरि गन्तव्यमा गइरहेका मान्छे भेटिन्थे । ती मान्छेलाई हेर्दा सहजै अनुमान गर्न सकिन्थ्यो उनी आफ्नो छोरी, बहिनीलाई चैतालो दिन हिँडेका हुन । चैतालोमा जात अनुसारका फरक फरक खानेकुरा लैजाने चलन थियो । प्रायजसो मानिसले फिनि, आर्सा, खजुरा, मालपुवा र सेल रोटी लैजाने चलन भए पनि चोखो खानेहरूले चामललाई भिजाएर घिउमा फ्राई गरी मन्तो आगोमा दुध घटाइ घटाइ घिउ राखेर पकाइने चामलको परिकार, जसलाई स्थानीय भाषामा खिर खाजा भनिन्छ । त्यो र घिउमा गहुँको पिठो र गुड राखेर पकाइने पूजाको बेलामा प्रसादका रूपमा चढाइने खाद्य वस्तु (प्रसाद, पिन्जरी) पनि लैजाने चलन थियो भने कतिपयले मासुको सुकुटी पनि लैजान्थे ।
वर्षको अन्तिम महिनामा माइतीले गच्छे अनुसार आफ्ना चेली बहिनीलाई घरमै बनाएका खानाका परिकार तथा एकसरो लत्ताकपडा पु¥याउने विगतका दिनदेखि चलेको चलनलाई नै चैतालो भनिन्छ । यस्ता घरमै पकाएका सामान लैजान स्थानीय स्तरमा निगालोबाट बनाइएको भाडो (छाँप्रो) को प्रयोग गर्थे । विगतका दिनमा यस महिनाभरि बाटाघाटामा छाँप्रो बोकेर हिँड्ने मान्छेको सङ्ख्या धेरै हुन्थ्यो । खास गरी भेट्नका लागि भाइ, भाइ नभए, बहिनी, बहिनी पनि नभए ठुलो बुबा वा काकाको छोरा वा व्रmमैसँग नजिकका नातेदारले छोरी बहिनीलाई भेट्ने चलन थियो भने छोरीलाई अप्ठेरो परेको वा गर्भवती भएको अवस्थामा आमाले पनि चैतालोको निहँुमा छोरीसँग भेटघाट गर्ने परम्परा थियो ।
यस भेटघाटले वर्षभरिमा घरपरिवार गाउँ समाजमा भएका घटनाको बारेमा छोरी बहिनीलाई जानकारी गराउने र छोरीबहिनीका घरमा वर्षभरि भएका राम्रा नराम्रा कुराको बारेमा जानकारी लिएर घर परिवारका अन्य सदस्यलाई जानकारी गराउने उद्देश्यले चैतालोको थालनी भएको पाइन्छ ।
केही वर्ष पहिलासम्म चैतको महिनामा छोरी बहिनीलाई भेट्नु अनिवार्य जस्तै थियो । आयस्रोत नभएका वा घरमा चैतालो लैजान परिकार बनाउने सामग्री नभएकाले ऋण लिएर भए पनि छोरी बहिनीलाई चैतालो पु¥याउँथे । चैतको महिनामा माइती चैतालो लिएर गएन भने माइती घरमा कुने अशुभ भयो वा घटना घट्यो गाउँ समाजमा जुठो प¥यो भनेर छोरी बहिनीलाई चिन्ता हुन्छ भनेर पनि यस महिनामा भेटघाट गर्ने कार्यलार्र्ई महìवपूर्ण मानिन्थ्यो । माइतीले यसरी ल्याएका खानेकुरालाई स्थानीय भाषामा कोसेली भन्ने चलन छ । कोसेली छिमेकीसँग बाँडेर खाने परम्परा छ । वर्षभरी छिमेकीसँग कुनै ठाकठुक परि मनमुटाव भई बोलचाल बन्द भइरहेको अवस्थामा चैतालो लगेर छिमेकीको घरदैलोमा जाँदा केही समय पहिलेदेखि भएको मनमुटावलाई थाति राखेर पुनः भाइचाराको सम्बन्ध स्थापित हुने भएकाले चैतालोले अदृश्य रूपमा मेलमिलापकर्ताको भूमिका निर्वाह गरेको पाइन्छ ।
अहिले समयले सञ्चारको क्षेत्रमा फड्को मारेकाले बेलुका सुत्दा पनि हाल खबर के कसो छ ? के खायो ? तिमीले पकायौ कि सासुले ? सबै जनाका लागि एउटैखाले खाना थियो कि फरक ? तिम्री नन्दले भान्साको काम गर्छन् कि गर्दैनन ? ज्वाइँ रक्सी खाएर आए कि त्यसै आए ? जस्ता सानामसिना कुरा सोध्ने प्रचलन छ । केही वर्ष पहिला भने चेलीको अवस्था थाहा पाउन चैतको महिनाको भेटघाट महìवपूर्ण थियो । भेटघाटमा छोरी बहिनीको पारिवारिक सुख दुःखका कुरा, श्रीमान् सासूससुरा, देवर, नन्दबाट निजलाई गर्ने गरेको व्यवहार, खान लगाउन दिए नदिएको, घर परिवारसँग छरछिमेक नातागोतासँगको सम्बन्ध, पारिवारिक सदस्यको सङ्ख्या तथा मुख्य पेसा व्यवसायबारे सोधपुछ गर्ने परम्परा छ । कृषि पेसा र वस्तुभाउको अवस्था तथा खेतवारीबाट उब्जेको अन्नले वर्षभरि खान पुग्ने-नपुग्ने अवस्थाका बारेमा जानकारी लिने र खाद्यान्न अपुग हुने भएमा पछि माइती घरबाट छोरी बहिनीलाई अन्न पठाइदिने गरेको कुरा बुबाबाजेको मुखारविन्दुबाट श्रवण गर्न पाइन्छ ।
समय सन्दर्भ र परिस्थितिले नेटो काटेपछि महिलाले समानता, स्वतन्त्रता र मर्यादाका लागि मानव अधिकारका कुरा गरिरहेको अवस्थामा यस क्षेत्रका छोरी बहिनी भने प्रथा परम्पराका रूपमा माइतीबाट विगतका दिनदेखि पाइरहेको चैतालोको अधिकारबाट वञ्चित हँुदै गएका छन् । जुन अहिलेको आधुनिकीकरणसँगै यस क्षेत्रबाट लोप हुन गइरहेको छ । चैतालो लोप हुनुको प्रमुख कारण आधुनिकीकरण, बसाइँसराइ, रोजगारी, वैदेशिक रोजगारी, गरिबी, एकल परिवार, अन्तर्जातीय विवाह, प्रेम विवाह इमेल इन्टरनेट तथा मोबाइल फोन प्रमुख छन् ।
चैतालो लोप हुनुको प्रमुख कारण रोजगारी र बसाइँसराइ नै हो । पङ्क्तिकार जागिरको सिलसिलामा २०६२ सालदेखि जिल्लाबाहिर रहेको, रोजगारीकै सिलसिलामा मेरा दाजुभाइ पनि जिल्लाबाहिर रहने गरेकाले हाम्रा चेली चैतालोबाट वञ्चित जस्तै छन् । बुवा मम्मीको उमेर अलि बढी भएकाले बैतडीको पाटनमा रहेको दिदी र कैलालीको धनगढीमा रहेको बहिनी गएको वर्ष मात्र होइन यसपालिको चैतालोबाट पनि वञ्चित हुने भएका छन् । बहिनी र दिदीलाई यस महिनामा चैतालो दिनु पर्छ भन्ने जानकारी हँुदाहँुदै पनि चैतालोलाई निरन्तरता दिन सक्ने अवस्था समय परिवेशले दिँदैन ।
सुन्दर सुदूरपश्चिम कला र संस्कृति प्रथा र परम्पराको खानी हो । यहाँ भएका कतिपय पुराना कुरा विज्ञानसँग समेत मेल खान्छन् । नेलालमा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिला बढी भएको र वर्षभरिलाई केलाउँदा चैत महिनामा आत्महत्याका घटना बढी भएको प्रहरी कार्यालय तथा महिला अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाको अभिलेखबाट थाहा हुन्छ । आत्महत्याका घटना गाँस, बास, कपास, हिंसा, यातना, मर्यादा, समानताकै कारण बढी हुने गरेका छन् ।
चैत महिना चैतालो दिने र माइतीले गएर छोरी बहिनीको वेदनाका कथा सुनिदिने हो भने केही मात्रामा भए पनि आत्महत्याका घटनामा कमी आउने थियो । विगतका दिनमा थालिएको राम्रो परम्परालाई हामी लोकतान्त्रिक आधुनिक तथा सङ्घीयतावादी बन्ने व्रmममा लोप गर्दैछौँ । जसले हाम्रो संस्कृतिलाई कमजोर बनाउँदै गइरहेको छ । संस्कृति हाम्रो पहिचान हो ।
हामीले कतिपय समयसापेक्ष नभएका कुप्रथा र कुसंस्कार त्याग्नु पर्छ । आफ्नो सामाजिक संस्कार, मूल्य र मान्यतासँग जोडिएको चैतालो दिने परम्परा छोरी बहिनीको समानता र मर्यादासँग जोडिएको छ । यस्तो परम्पराको संरक्षण गर्नु आमनागरिकको कर्तव्य तथा आजको आवश्यकता पनि हो ।