• १७ फागुन २०८१, शनिबार

राससकर्मी न्यौपाने सम्मानित

blog

राससकर्मी कृष्ण न्यौपाने सम्मानित हुनुहुँदै।

दमौली (तनहुँ), फागुन १७ गते । राष्ट्रिय समाचार समिति (रासस) का दमौली समाचारदाता कृष्ण न्यौपानेलाई राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँले सम्मान गरेको छ । शाखाको आज दमौलीमा आयोजित दोस्रो अधिवेशनमा राससकर्मी न्यौपाने सम्मानित हुनुभएको हो ।

फोटो पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानस्वरुप न्यौपानेलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको छ । उहाँलाई समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त, शाखा अध्यक्ष अमरराज नहर्कीलगायतले सम्मान गर्नुभएको थियो । साथै प्रादेशिक खबर दैनिकका मदन वाग्ले र प्रहार अनलाइनका शङ्करराज नहर्कीलाई पनि सम्मान गरिएको थियो । 

यसैबिच समूहको जिल्ला अध्यक्षमा विष्णु गौतम निर्वाचित हुनुभएको छ ।  शाखाको उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, सहसचिवमा सागर गिरी, कोषाध्यक्षमा शिला वाग्ले र सदस्यहरूमा श्रहरि पौडेल र उपेन्द्र खनाल चयन हुनुभएको छ । 

त्यस्तै सल्लाहकारमा मदन वाग्ले, अमरराज नहर्की र शङ्करराज नहर्की चयन हुनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष वन्तले फोटो बिना समाचारले पूर्णता नपाउने भएकाले फोटो पत्रकारिता सधैँ विश्वसनीय र वस्तुनिष्ट हुने धारणा राख्नुभएको थियो । रासस