• १६ फागुन २०८१, शुक्रबार

नगदसहित सात जुवाडे पक्राउ

blog

पक्राउ परेका अभियुक्तहरु । तस्बिर : नेपाल प्रहरी

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), फागुन १५ गते । बर्दिया प्रहरीले जुवाको खालबाट नगदसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको टोलीले बाँसगढी नगरपालिका वडा नं ५ मा रहेको मुनलाईट होटलको कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एक लाख ८४ हजार, ठूला मोबाइल ७ ओटा र तीन गड्डी तास फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तीमगरले बताउनु भएको छ । उहाँले पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको बताउनु भएको छ ।   

जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं ५ बस्ने  रामबहादुर बुढाथाकी, लक्ष्मी प्रसाद पौडेल, दयाराम लम्साल, दयाराम लम्साल, शिवबहादुर सुनार, जिवन पौडेल, दिपक सुनार र बढैयाताल गाउँपालिका वडा नं ६ रानिपुर बस्ने विष्णुराज पौडेल छन् ।