• १२ फागुन २०८१, सोमबार

एपीएफ स्कुल र सैनिक महाविद्यालयको फाइनल भिडन्त बिहीबार

सशस्त्र प्रहरी महानिरीक्षक कपः पुलिस स्कुललाई तेस्रो स्थानको उपाधि

blog

तस्बिर: एपिएफ

काठमाडौँ, फागुन ७ गते। दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी अन्तर्गत तेस्रो स्थानको उपाधि नेपाल पुलिस स्कुल, साँगाले जितेको छ।

तेस्रो स्थानका लागि भएको भिडन्तमा ब्राइट होराइजन चिल्ड्रेन होम मातातीर्थलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस स्कुल तेस्रो बनेको हो।

नेपाल पुलिस स्कुलका लागि निर्णायक गोल रोनी वीरविक्रम शाहले गर्नुभयो।खेलको प्लेयर अफ द म्याच बन्नुभएका शाहलाई आयोजक नेपाल एपिएफ स्कुलका सशस्त्र प्रहरी नायब उपरीक्षक कविन्द्र महर्जनले ट्रफी प्रदान गर्नुभयो।

प्रतियोगिताको फाइनल भिडन्त बिहीबार हुँदैछ।आयोजक नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘ए’ र सैनिक आवासीय महाविद्यालय, सल्लाघारीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजयी टिमले ६० हजार रुपियाँ प्राप्त गर्नेछ भने दोस्रो टिमले २० हजार प्राप्त गर्नेछ।तेस्रो भएको नेपाल पुलिस स्कुलले १० हजार रुपियाँ पाउनेछ।

प्रतियोगितामा उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट एक र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट एक गरेर १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका हुन्।

प्रतियोगिताको उद्घाटन माघ २० गते सशस्त्र प्रहरी बल नेपाल मानवस्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले गर्नुभएको थियो।