काठमाडौँ, फागुन ६ गते । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आगामी मार्च ६ देखि १७ गतेसम्म युगान्डासँग क्रिकेट सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिरिजका लाग मङ्गलबार १८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । युगान्डामा हुने सिरिजको ढाँचा भने तय भएको छैन ।
बन्द प्रशिक्षणमा यु–१९ टोलीकी साना प्रविन, सिमाना केसी र रिया शर्माले स्थान बनाउनुभएको छ । टोलीमा सिनियर खेलाडी सीता रानामगर र कविता कुँवर अट्नुभएको छैन ।
प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरूमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पुजा महतो, सबनम राई, सोभा रोकाय, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन, सीमाना केसी र रिया शर्मा हुनुहुन्छ ।