• ९ फागुन २०८१, शुक्रबार

नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित

blog

काठमाडौँ, फागुन ३ गते । नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवान प्रान्तको युवा टोलीसँग पराजित भएको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल चीनसँग २–० गोलले पराजित भयो ।

युवानले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । युवानको जितमा यु मोङ्घायुईले २१औँ मिनेटमा करिव २० यार्ड लामो प्रहारमा सोझै गोल गर्नुभएको थियो ।

त्यसपछि ७८औँ मिनेटमा वाङ्ग बिनहानले पोस्ट् नजिक पाएको वान भर्सेस वानको प्रहारमा सहज गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । नेपालले पनि पहिलो हाफमा दुई र दोस्रो हाफमा एउटा राम्रो गोलको मौका गुमाएको थियो । नेपालको प्रयासमा युयानका गोलरक्षक वाधक बनेका थिए । 

खेलका क्रममा चिनियाँ खेलाडीको ट्याकलबाट नेपालका आशिष राईको खुट्टामा गम्भर चोट लागको छ । चीनका डेली मोरीले फल हानेपछि राईको खुट्टा भाँचिएको हो। घाइते राईलाई तत्काल अस्पताल लगिएको थियो । 

चिनियाँ नयाँ (सर्प) वर्षको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चीनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यससँगै चीनको युवान प्रान्तले गतवर्षको हारको बदला समेत लिएको छ । गतवर्ष दशरथ रङ्गशालामै भएको खेलमा नेपाली यु–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हराएको थियो । दुई देशबिच भाइचारा र फुटबल संस्कृतिको विकास गर्न दोस्रो पटक नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न चीनको युवान टोलीले एक वर्ष अघिदेखि तयारी गरिरहेको थियो । मैत्रीपूर्ण खेलसँगै रङ्गशालामा नेपाल र चीनका कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुतीसमेत दिएका थिए ।