• १ फागुन २०८१, बिहिबार

त्रिवि मैदानमा फ्लर्डलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत

blog

त्रिवि क्रिकेट मैदान । फाइल तस्बिर : क्यान

काठमाडौँ, फागुन १ गते । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदन्डअनुसारको फ्लर्डलाइट जडान गर्न र प्यारापिट निर्माण गर्न आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।

सहरी विकास मन्त्रालयको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लर्डलाइट र प्यारापिटका निर्माणको लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरेको हो ।

मन्त्रालयले गत मङ्सिरमा बोलपत्रको लागि सुचना जारी गरेको थियो । जसअनुसार फ्लर्र्डलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपियाँमा ठेक्का पाएको छ । यस्तै प्यारापिटका निर्माणका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगलले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रुपियाँको ठेक्का पाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएलगत्यै तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति गर्न निर्देशन दिनुभएको थियो । सोही अनुसार त्रिवि मैदानमा फ्लर्डलाइट र प्यारापिट निर्माण प्रक्रिया अगाडि बढाईएको हो ।