• १ फागुन २०८१, बिहिबार

महायज्ञमा साढे चार करोडभन्दा बढी सङ्कलन

blog

महायज्ञमा दातालाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर देउवा । तस्बिर : मानव सेवा आश्रम

अविनाश चौधरी

धनगढी, फागुन १ गते । मानवसेवा आश्रम धनगढी शाखाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा साढे चार करोडभन्दा बढी रुपियाँ सङ्कलन भएको छ । 

सरकारी निकाय, जनप्रतिनिधि, निजी क्षेत्र, विभिन्न व्यक्तिबाट आश्रमलाई सो रकम प्राप्त भएको हो । मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणका लागि श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो । महायज्ञमा चार करोड ८३ लाख रुपियाँ दान सङ्कलन भएको आश्रमले जानकारी दिएको छ । 

महायज्ञको अन्तिम दिन ४७ लाख रुपियाँ सङ्कलन भएको जनाइएको छ । दाताहरुको उत्साहजनक दानले सुदूरपश्चिमलाई सडकआश्रित सहयोगापेक्षी सडक आश्रित प्रदेश बनाउन सहयोग पुग्ने आश्रमका अध्यक्ष रामजी अधिकारले बताउनुभयो । 

श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद्भागवत कथा वाचन गर्नुभएको थियो ।