• १९ माघ २०८१, शनिबार

‘असीको दशक समृद्धिको दशक बन्नु पर्छ’

blog

सम्माननीय सभामुख महोदय,

सर्वप्रथम यस गरिमामय सदनको पाँचौँ अधिवेशनमा म सबै माननीयज्यूलाई हार्दिक स्वागत गर्दछु । म यस गरिमामय सदनमार्फत देश र जनताका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने ज्ञात/अज्ञात सहिदहरूको विशेष स्मरण गर्दै ती सम्पूर्ण वीर/वीराङ्गनाप्रति हार्दिक नमन एवं श्रद्धाञ्जली अर्पण गर्दछु । देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने सहिदहरूका महान् सपना साकार पार्ने दृढ सङ्कल्प पनि गर्दछु । साथै यस राष्ट्र«को जीवनमा अमूल्य योगदान दिने पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंह, मदन भण्डारीलगायत सम्पूर्ण अग्रजप्रति उच्च सम्मान व्यक्त गर्दछु । “पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भयो, धेरैको ज्यान गयो ।” सभामुख महोदय, यो केही समयअघि एउटा अनलाइनमा आएको समाचार शीर्षक हो । 

त्यो समाचार हेर्दै गर्दा मेरो आङ सिरिङ्ग भयो । सबैखाले सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारका वृद्ध बाबुआमा र टुहुरा छोराछोरीको वेदनाले म केही भावुक पनि बनेँ । सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै यस्ता खबर सुन्न अभिशप्त छौँ । मैले सङ्कल्प गरेँ– अब हामीले यस स्थितिलाई बदल्नुपर्ने छ र त्यसका लागि काम गर्नुपर्ने छ । यस्ता वेदनामय खबरबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु । 

यस पटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साताअघि सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक–थ्रु’ भएको छ । अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउने छौँ । यसले पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्ने छ । यही सडक कालीगण्डकी कोरिडोरसँग पनि जोडिँदै छ र त्यहाँका जनताको जीवनमा यसले ठुलो परिवर्तन ल्याउने छ । सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन हामीले सुरुङमार्गको योजना अघि सारेका थियौँ । 

सम्माननीय सभामुख महोदय,

प्रधानमन्त्री भएपछि संसद्बाट विश्वासको मत लिने व्रmममा मैले भनेको थिएँ– यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो । थालेका कामलाई हामीले कहाँ पु¥याउँदै छौँ ! यस विषयमा मैले आज यस सम्मानित सदनलाई जानकारी गराउनु पर्छ–  

काठमाडौँ–तराई द्रुतमार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ‘ब्रेक थ्रु’ भएको छ ।

चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगबनी–किमाथाङ्का सडकमार्ग केही दिनअघि मात्रै ‘ब्रेक–थ्रु’ भएको छ । 

ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो । आज त्यसको काम द्रुत गतिमा अघि बढिरहेको छ । 

यो सरकार आउँदा धुलो उडिरहेको मुिग्लङ–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ । 

खेल हाम्रा युवाको जीवनशैली बनेको छ । त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको व्रिmकेट खेलमैदानलाई रङ्गशाला बनाउने र त्यसमा ‘फ्लड लाइट’ जोड्ने निर्णय गरेको थियो । त्यसका लागि टेन्डर आह्वान भएको छ– तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्ने गरी काम अघि बढिरहेको छ । 

रङ्गशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रङ्गशाला तयार भएको छ । देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रङ्गशाला– यो हाम्रा युवाको भविष्यका लागि सुखद सन्देश हो । 

विकासनिर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन, ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौँ । 

कुनै न कुनै संरचना बनिरहेको र त्यसले जनतालाई सुविधाको ढोका खोलिरहेको खबर नागरिक जीवनका लागि सुखद हो । निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्याभन्दा व्यवसायको बजार बनाउनेका लागि यस्तो खबर दुःख हो । 

राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिव्रिmया खपतको व्यवसाय बनाउनेहरूबाट पर गएर मात्र हामी बन्दै गरेको नेपाललाई देख्न सक्छौँ ।

शीघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा हामीले सुरु गरेको नागरिक एप त्यस्तै एउटा पहल हो; जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको छ । यसमा ५० भन्दा बढी सेवा आबद्ध छन् । नागरिक एप अहिले नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपमा पहिलो नम्बरमा छ । हालसम्म ५७ लाख २६ हजार जनाले यसलाई डाउनलोड गरिसकेका छन् । 

जसरी केही वर्षअघि क्युआर स्क्यान गरी भुक्तानी थाल्दा हाम्रो भुक्तानी प्रणालीमै व्रmान्ति आयो, सेवाग्राहीलाई डिजिटल माध्यमबाट भुक्तानीको सुविधा मिल्यो; त्यसै गरी अहिले नागरिक एपबाट क्युआर कोड स्क्यान गरी बैङ्क खाता खोल्ने र सरकारी सेवा प्राप्त गर्ने सुविधा मिल्दा यसबाट ‘लाइन होइन, अनलाइन सेवा’ को लक्ष्य पूरा हुँदै छ, सरकारी कामलाई छिटो, छरितो र पारदर्शी बनाउँदै छ । 

नागरिक एपबाटै एक लाख ८० हजारभन्दा बढीले प्यान नम्बर लिएका छन् । राष्ट्रिय परिचयपत्र नागरिक एपमा जोड्ने निर्णय भएको दुई हप्तामा दुई लाख ५० हजारभन्दा बढीले यस एपमार्फत आफूलाई राष्ट्रिय परिचयपत्रमा जोडेका छन् । 

यस एपमार्फत हामीले सवारी लाइसेन्स लिन, सवारी नियम उल्लङ्घनको जरिबाना तिर्न भइरहेको झन्झट हटाएका छौँ । सवारी लाइसेन्स नागरिक एपमा आबद्ध भएसँगै सवारीचालक अनुमतिपत्रको फिजिकल कार्ड नै नचाहिने बनाइएको छ । एक दिनमा ५५ हजार देखि ६० हजारसम्मले यससम्बन्धी छरितो सेवा लिइरहेका छन् । सवारी नियम उल्लङ्घन हुँदा ठाउँका ठाउँ अनलाइनबाट जरिबाना तिर्ने व्यवस्था गरिएकाले ‘तिर्ने र लिने’ दुवै थरी दङ्ग परेको ‘रमाइलो’ जानकारी सामाजिक सञ्जालमा हामी सबैले देखेकै छौँ । 

हेर्दा सानो कुरा, देशको प्रमुख प्रशासकीय थलो सिंहदरबार छिर्न भित्रबाट अनुमति लिनुपर्ने र सिंहदरबार छिर्न लाइन बस्नुपर्ने झन्झट थियो । अहिले सिंहदरबार छिर्न कसैसँग अनुमति लिनु पर्दैन, सरकारी परिचयपत्रको क्युआर स्क्यान गरेर भित्र छिर्न पाइन्छ ।

मेरो विश्वास छ, सरकारी काममा नागरिक एपको प्रयोगलाई विस्तार गर्दै हामी केही समयभित्र सार्वजनिक सेवाका क्षेत्रमा क्रान्ति ल्याउन सक्ने छौँ । 

सरकारी कार्यालयमा कामका फाइलहरू अड्काउने, कामको समयावधि लम्ब्याउने र यसबाट सेवाग्राहीले दुःख पाउने स्थितिबाट मुक्त गर्न क्युआर कोडमार्फत फाइल ‘मुभमेन्ट ट्र्याकिङ’ गर्ने प्रणालीलाई अगाडि बढाएका छौँ । 

सरकारी अफिसमा हुने कामको जानकारी मोबाइलबाटै पाउने व्यवस्था मिलाउँदै छौँ । जहिल्यै काम भइरहेको हुने तर कहिल्यै नसकिने हाम्रो विकास निर्माण र कानुन निर्माणको ढाँचामा यसरी ब्रेक लगाउँदै छौँ । 

सभामुख महोदय,

राम्ररी सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन यो सरकारले ठोस कदम चालेको छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडानको प्रबन्ध भएको छ । यही अवधिमा बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि त्रिपक्षीय विद्युत् बिव्रmी सम्झौता भएको छ । 

केही दिनअगाडि सामाजिक सञ्जाल एक्सका प्रयोगकर्ता एक जनाले लेख्नुभएको देखेँ, “सामाजिक सुरक्षा कोष भन्ने चाहिँ गरिबहरूको बाँच्ने आधार रहेछ, पित्तथैलीको ढुङ्गा हटाउन रु. १० हजार ७७५ मा ओपिडी, विभिन्न किसिमका जाँच, अपरेसन, ओखती बेडसम्मै आइपुग्यो । अझ यो वर्ष नै एक लाख २५ हजारसम्मको सुविधा पाइँदो रैछ । जसले सुरुआत ग¥यो, त्यसको जय होस् ।” 

यो पढेर म केही बेर घोरिएँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात गर्दा हामीले निकै ठुलो विरोध पनि झेलेका थियौँ । नयाँ युगको सुरुआत भन्यो भन्दै सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो । तर, अहिले करिब १९ लाख श्रमजीवी÷पेसाकर्मी सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन् । यसमा रोजगारीमा रहेका जोकोहीको पनि आबद्धता बढाउँदै लैजाने हाम्रो लक्ष्य छ । 

सरकार सञ्चालनको एक सय दिनभित्रै १८ वर्षअघिदेखि थालनी भएको शान्ति प्रव्रिmयाका बाँकी कामलाई अन्तिम निष्कर्षमा पु¥याउन हामी सफल भएका छौँ । त्यस सिलसिलामा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र प्रमाणीकरण भएको छ । र, आयोग पूर्णता पाउने व्रmममा छ । मुलुकलाई हामी कुन दिशातिर डो¥याउन खोजिरहेका छौँ भन्ने कुराका यी केही सामान्य सङ्केत मात्र हुन् । यस सम्मानित सदनमार्फत सिङ्गो देशलाई भन्न चाहन्छु, सबै मन्त्रालय अन्तर्गत अहिलेसम्म सुरु भएका सबै परियोजनालाई सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति केन्द्रित गरेको छ । यो अवधिमा हामीले कुन कुन मन्त्रालय अन्तर्गत के के काम थालिएका छन् र ती थालिएका काम कसरी समयमै सम्पन्न गर्ने भन्ने प्राथमिकता तोकेर योजना बनाएका छौँ । र, त्यसैका आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बिच कार्यसम्पादन सम्झौता गरेका छौँ ।

सभामुख महोदय,

गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो-याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ । संसद््समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौँ । आज म, जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर यहाँ उपस्थित भएको छु । सरकारमा आएपछि हाम्रो दोस्रो प्राथमिकता थियो– नीतिगत सुधार । यसका लागि सुधारका ठोस कार्ययोजना तयगरी नीतिगत सुधारको प्रव्रिmयालाई तीव्रता दिइएको छ । 

संविधान तथा सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्ने, 

संविधानमा सामयिक संशोधन गर्ने, 

सरकारले आवश्यक ठानेर प्रस्तुत गरेका विधेयक बर्सौंसम्म संसद््मा विचाराधीन रहन दिने होइन,  प्राथमिकताका आधारमा पारित गर्ने या त त्यसलाई 

फिर्ता लिने, 

अनावश्यक कानुन खारेज गर्ने, व्यवहारमा अमिल्दा नीति तथा कानुनमा संशोधन तथा परिमार्जन गर्ने र तत्काल ल्याउनुपर्ने नयाँ कानुन तर्जुमा गरी विद्यमान कानुनी व्यवस्थामा सुधार गर्ने,

सुशासन र जवाफदेहिता कायम गर्न प्रत्येक मन्त्रालयमा ‘सुधार–एकाइ’ रहने गरी प्रधामन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शासकीय सुधार केन्द्र स्थापना गर्ने, 

आर्थिक सुधार तथा सार्वजनिक खर्च व्यवस्थापनमा 

सुधार गर्ने, 

मन्त्रालयगत प्राथमिकताका आधारमा सुधारका कामलाई तीव्रता दिने

प्राथमिकताका यिनै बुँदाका आधारमा सुशासन र शासकीय सुधारका लागि सरकारले प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय शासकीय सुधार आयोग र मुख्य सचिवको संयोजनमा शासकीय सुधार कार्यान्वयन समितिको अवधारणा अघि बढाएको छ । आर्थिक सुधार सुझाव आयोग कार्यरत छ ।

तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेशमार्फत संशोधन गरिएका छन् ।

अध्यादेशमार्फत एकै पटक यी कानुन संशोधन गरिएपछि, मिडियाकै शब्द सापटी लिएर भन्छु– सुशासन र व्यावसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको छ । यसबाट अब,

सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने छ । कानुनमा तोकिएको अवधिबाहेकका सबै काम सात दिनभित्र सक्नैपर्ने कानुनी व्यवस्था गरिएको छ ।

नेपाली सूचना प्रविधिमा आधारित कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइएको छ । अब हाम्रा नेपाली कम्पनीलाई विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोबार गर्न र विदेशमा भएको आम्दानी नेपाल भिœयाउन सक्ने वातावरण बनाइएको छ । 

उपभोक्ता हित संरक्षणसम्बन्धी आपसमा बाझिएका कानुनमध्ये अप्रासङ्गिक कानुन खारेज गरिएको छ । प्रतिस्पर्धाका माध्यमबाट वस्तुको मूल्य निर्धारण हुने व्यवस्था गरी एकातिर उद्यमी व्यवसायीलाई अनावश्यक तर्साउने अवस्था हटाइएको र अर्कातिर उपभोक्ता हित संरक्षणलाई अझै मजबुत बनाइएको छ । 

उद्योग दर्ताका लागि निवेदन दिएको १५ दिनभित्र सरकारी अधिकारीले निर्णय दिनुपर्ने र यो अवधिमा निर्णय नदिए स्वतः उद्योग सञ्चालनको मान्यता दिने व्यवस्था गरिएको छ । 

उद्यमीले कम्पनी खोल्न पाउने तर टाट फर्किंदासमेत बन्द गर्न अनावश्यक ‘झन्झट’ मा फस्नुपर्ने अवस्था सदाका लागि अन्त्य गरिएको छ । 

सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनले औँल्याए अनुरूप बचतकर्ताको बचत सुरक्षा गर्न तत्काल आवश्यक राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्नेलगायत तत्काल गर्नुपर्ने कामका लागि विद्यमान सहकारी ऐनमा संशोधन गरिएको छ ।

अध्यादेशबाट प्राप्त हुने उपलब्धिको सूची लामो छ । यसका विशेषताका बारेमा व्यापक सामाजिक बहस भइसकेको छ । यसप्रति माननीयज्यूहरू जानकार नै हुनुहुन्छ । 

सभामुख महोदय,

संसद्को गएको अधिवेशनपछि आजका दिनमा आइपुग्दा २९ कानुन संशोधन गर्ने गरी अध्यादेश ल्याइयो । सरकारले अहिले नै किन अध्यादेश ल्याउनु प-यो ? यसबारे थोरै चर्चा गर्ने अनुमति चाहन्छु ।

हामीले लामै समयदेखि सार्वजनिक वृत्तमा सुन्दै आएका छौँ– ढिलो भयो, अपेक्षा अनुरूप अवस्थामा परिवर्तन भएन । प्रश्न हामी सबैका माझ छन् :

त्यही अवस्थामा परिवर्तन गर्न सार्वजनिक सेवाका क्षेत्रमा के के सुधार गर्नु पर्छ ? 

व्यावसायिक क्षेत्रको मनोबल बढाएर उत्पादन वृद्धि गर्न कहाँ कहाँ अवरोध छ ? 

जनताले कहाँ कहाँ कुन कुन कानुनको अल्झनले दुःख पाइरहेका छन् ? 

ती ‘अल्झन र गाँठा’ तत्काल फुकाउन कानुनी सुधार नै पहिलो पाइला थियो । नियमित प्रक्रियाबाट एउटा कानुन पारित गरी लागु गर्न न्यूनतम पाँच/छ महिना लाग्नेमा हामी सबै जानकार नै छौँ । एकातिर प्रक्रिया– अर्कोतिर नतिजा । सुधारको जुन हुटहुटीले संसद््का दुई ठुला दलको नेतृत्वमा यो सरकार निर्माण भयो, त्यसले ‘संसद्को अधिवेशन आउँदै छ– पर्खनुस्’ भन्ने समय हामीसँग थिएन । संसद् नभएका बेला, संसद्को नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था– यस्तै बेलामा त हो सरकारले अध्यादेश जारी गर्ने । 

हामी सबैले एउटा कुरा स्वीकार गर्न अप्ठेरो मान्नु हुँदैन– कतिपय समयमा ‘राजनीतिक लाभ–हानि’ को लेखाजोखा गरी संसद्लाई प्रक्रियाको बन्दी बनाइन्छ र जनताका दैनन्दिनका समस्या ओझेल  पर्छन् । हामीले यस पटक त्यसो हुन नदिऊँ भन्ने ठान्यौँ । अध्यादेशका सन्दर्भमा धेरै माननीयले ‘कन्टेट होइन, प्रोसस’ मा प्रश्न गर्नुभएको मैले सुनेको छु । केही साथीले सोध्नुभएको छ– संसद्लाई छलेर किन अध्यादेश ल्याएको ? त्यस्तो प्रश्न सोध्ने साथीहरूलाई पनि थाहा छ– अध्यादेश ल्याउने भनेको संसद् नचलेकै बेलामा हो । संविधानले नै संसद् नचलेका बेला मात्रै अध्यादेश ल्याउने व्यवस्था गरेको छ, हैन र ? 

सम्माननीय सभामुखज्यू,

हामी संसद्मा पो पक्ष/प्रतिपक्ष हौँ त । देश विकास, सुशासन र नागरिकको जीवनस्तर उकास्ने कुरामा पनि पक्षविपक्ष हुन्छ र ?

बैङ्कमा लगानीयोग्य पैसा छ तर कोही व्यवसायी ऋण लिएर किन लगानी गरिरहेका छैनन् ? विदेशबाट रेकर्ड ब्रेक रेमिट्यान्स भित्रिँदा पनि किन बजारमा मागमा कमी आइरहेको छ ? घरजग्गा व्यवसाय किन सुस्तायो ? 

यो अवस्थालाई सरकारले सावधानीपूर्वक नियालिरहेको थियो । 

यो ‘अवस्था परिवर्तन’ गर्न हामीले कम्मर कस्यौँ– निजी क्षेत्रको मनोबल उकास्न, देशमा लगानी र व्यावसायिक वातावरण बनाउन, सुशासन र नागरिकको जीवनमा प्रभाव पार्ने बर्सौंदेखि गर्न नसकिएको कानुन सुधारको काम यस पटक अध्यादेशमार्फत एकै पटक फत्ते ग-यौँ । यसप्रति म थोरै पनि नहिच्किचाई भन्न चाहन्छु– यो जनताको सरकारले जनताका लागि गरेको काम हो । एउटा कुरा विनम्रताका साथ राख्न चाहन्छु, अध्यादेशको होस् वा विधेयकको विषय–वस्तु, त्यसमाथि हुने हाम्रा बहसलाई इस्यु आधारित बनाऔँ, गुण–दोषका आधारमा हुने–नहुनेतिर केन्द्रित गरौँ, सार्वजनिक खपतको प्रचारबाजीमा सीमित नराखौँ ।

अब अध्यादेश संसद्को सम्पत्ति भएको छ । आजका मितिबाट हामीसँग ६० दिन छ– यसलाई अस्वीकार गर्ने वा जस्ताको तस्तै पारित गर्ने । या भनौँ त्यसमाथि पनि थपघट गर्ने गरी प्रतिस्थापन विधेयक पारित गर्ने– के गर्ने ? यो सम्मानित सदनको जिम्मा भयो । 

सभामुख महोदय, 

मैले बताइरहनु पर्दैन, हामीले सरकारको जिम्मा लिइरहँदा देशको स्थिति जर्र्जर थियो । मैले त्यतिबेला यही संसद््को रोस्ट्रममा उभिएर भनेको पनि थिएँ– २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक अनुभव ग¥यो । देशप्रति आमजनताको भरोसा टुटेको थियो । तिनको मनोबल नराम्ररी गिरेको थियो । विकासनिर्माणका काम चौपट थिए । अर्थतन्त्र अत्यन्तै सकसपूर्ण अवस्थामा थियो । 

त्यो विकराल अवस्थाबाट मुलुकलाई जोगाउन हामी दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) को अगुवाइमा अन्य दल सम्मिलित यो सरकारको निर्माण भयो । 

मेरो नेतृत्वमा सरकार बनेको छ महिना नाघ्यो । 

मैले नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिएलगत्तै एकपछि अर्को दुर्घटना र प्राकृतिक विपत्तिले हामीलाई बिथोल्यो । 

गएको असोज १० देखि १३ गते अकल्पनीय बाढीपहिरोको चपेटामा मुलुक प¥यो । यसका कारण देशभर सात हजार १३५ वटा विभिन्‍न प्रकारका विपत्जन्य दुर्घटना भए । प्राकृतिक विपत्तिले जनधनको ठुलो क्षति ग¥यो । कृषिबाली, पशुचौपाया एवं सडक, पुल, खानेपानी, सञ्‍चार, विद्यालय, विद्युत्लगायत भौतिक संरचनामा ठुलो नोक्सानी पुग्यो तर सरकारले ती चुनौतीपूर्ण परिस्थितिहरूलाई कुशलतापूर्वक समाल्यो । परिणामस्वरूप त्यत्रो क्षतिका बिच पनि यस वर्ष दसैँका अवसरमा काठमाडौँ छाडेर दसैँमा घर फर्कनेको सङ्ख्या अघिल्लो वर्ष जस्तै करिब आठ लाख पुग्यो । 

मलाई लाग्छ, यो अवधिमा सरकारको काम गर्ने तरिकाले देशमा व्याप्त गहिरो निराशालाई चिर्न, जनतामा आशा र उत्साह सञ्चार गर्न, अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान हामी धेरै हदसम्म सफल भएका छौँ । यद्यपि हामीले गर्न बाँकी काम धेरै छन् । 

सभामुख महोदय, 

आँकडामा बोल्नुपर्दा हामी सरकारमा आउनुअघि र पछिका अर्थतन्त्रका केही परिसूचकको तुलनात्मक जानकारी राख्ने अनुमति चाहन्छु ः

चालु आर्थिक वर्षको छ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको छ । गएको आवको तुलनामा राजस्व सङ्कलन १३ प्रतिशतले बढी छ ।

नेपाल सरकारको कुल खर्च गत वर्षको यसै अवधिको तुलनामा १७.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यही अवधिमा अघिल्लो वर्षको तुलनामा यस्तो वृद्धिदर १.७ प्रतिशत मात्र थियो । 

चालु आवको तुलनामा ७.१ प्रतिशतले आयात वृद्धि भएको छ । 

चालु आवको छ महिनामा वस्तु निर्यात ३१.८ प्रतिशतले बढेको छ । गएको वर्ष यसै अवधिमा ७.१ प्रतिशत मात्र वृद्धि थियो । 

चालु आवको छ महिनाामा गएको वर्षभन्दा करिब ३५ अर्ब रुपैयाँ कर्जा बढी प्रवाह भएको छ । 

चालु आवको पुस मसान्तसम्ममा नेप्से परिसूचक २५९४ रहेको छ । गत वर्षको यसै अवधिमा २१२० रहेको थियो । 

चालु आवको पाँच महिनामा शोधनान्तर स्थिति बचत दुई खर्ब, २५ अर्ब, ३४ करोड रहेको छ । गत वर्षको यसै अवधिमा दुई खर्ब, १६ अर्ब, पाँच करोड 

रहेको थियो । 

चालु आवको पाँच महिनामा विदेशी विनिमय सञ्चिति १६ अर्ब ७६ करोड अमेरिकी डलर रहेको छ । गत वर्षको यसै अवधिमा १३ अर्ब ३१ करोड अमेरिकी डलर रहेको थियो । 

अघिल्लो वर्षको तुलनामा पाँच महिनाको कर्जा वृद्धि ४६ अर्बले बढी छ ।

सभामुख महोदय, 

छ महिनाअघि जस्तो अहिले अर्थतन्त्रमा भयावह स्थिति छैन । अर्थतन्त्रका परिसूचकहरू राम्रा छन् । पहिलेका ‘नराम्रा’ परिसूचकहरू सुधारोन्मुख छन् । अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ र माग बढाउन सकिन्छ भनेर सरकार लागिपरेको छ ।

अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्नेबित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रबैयालाई परिवर्तन ग¥यौँ । निर्माण व्यवसायीको कानुनसम्मत रूपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आवदेखिको रु. ३० अर्बको दायित्व फरफारक गरेका छौँ । धेरै समयदेखि ३५ जिल्लाका १५ लाखभन्दा बढी दुग्ध किसानलाई सरकार बनेको एक सय दिनभित्रै भुक्तानी दिएका छौँ । त्यसै गरी करिब ७५ हजार उखु किसान, जसले बर्सौंदेखि आफ्नो पसिनाको मूल्य पाउन सकेका थिएनन्, उनीहरूले पनि आफ्नो अनुदानबापतको भुक्तानी पाइसकेका छन् । कृषिबाली तथा पशुधन बिमामा समावेश भएका हजारौँ कृषकको बिमाबापतको भुक्तानी गर्न ८० करोड बिमा प्राधिकरणको खातामा पठाइएको छ । अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले जे जे गर्न सकिन्छ, ती सबै उपाय अवलम्बन गरेको छ । निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोग जस्ता महŒवपूर्ण आयोगहरू गठन गरिएको छ । 

तिनले दिएका सुझाव कार्यान्वयन गर्ने चरणमा सरकार पुगेको छ । 

अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (व्रmेडिट रेटिङ) को कार्य सम्पन्न भएको छ । नेपालले पाएको रेटिङ– ‘डबल बी माइनस’, दक्षिण एसियामा भारतपछिकै उच्च हो । विदेशी मुद्रा सञ्चिति उच्च हुनु, आर्थिक वृद्धिमा सुधार हुँदै जानु र देशले राजनीतिक स्थिरता पाउनुले यो उपलब्धि हासिल गर्न सकिएको हो ।  

वस्तु, सेवा र प्रव्रिmयाको गुणस्तर सुनिश्चित गर्न, मापदण्डको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल एव्रिmडिटेसन सेन्टर सञ्‍चालनमा ल्याइएको छ । यसले मुलुकभरका विभिन्न क्षेत्रका गुणस्तर निर्धारण गर्ने संस्थाहरूको कार्यक्षमता, पारदर्शिता र प्रमाणीकर्ताको मापन गर्ने जिम्मेवारी बहन गर्दै छ । 

विकास र सुशासनलाई सँगसँगै लैजान र जनतामा भरोसा जगाउन यो सरकारले प्राथमिकता तोकेर काम गरिरहेको छ । 

सभामुख महोदय, 

दर्जनौैँ उद्योगी व्यवसायीको कुरा सुन्दा, मलाई के लाग्छ भने सरकारले उनीहरूलाई खासै केही दिनै पर्दैन । आफ्नो व्यवसाय बढाउनका लागि चाहिने सबै ‘बल’ तिनले आफैँ जुटाउन सक्छन् । सरकारले उनीहरूको मनोबल मात्र बढाइदिने हो । हामी सरकारमा आउनुअघि उद्योगी व्यवसायीको मनोबल असाध्यै नराम्ररी गिरेको थियो । उनीहरूको मनोविज्ञान बुझेर मैले यही सम्मानित सदनमा भनेको थिएँ– आर्थिक मेरुदण्ड मानिने उद्योगी व्यवसायीहरू अहिले मरीच झैँ चाउरिएका छन् । आज उद्यमीहरू शिथिल औद्योगिक क्षेत्रमा धुकधुकी पलाएको प्रतिक्रिया दिइरहेका छन् । 

यस सन्दर्भमा अध्यादेश जारी भएपछि सरकारलाई धन्यवाद दिन बालुवाटारमा आएका व्यवसायीहरूले दिएका प्रतिव्रिmया स्मरण गर्न चाहन्छु । निजी क्षेत्रको व्यवसायी सङ्गठनका नेताहरूले भन्नुभयो, “सरकारले गरेको सुधार सपना जस्तो लाग्यो । त्यहीँ आयोजित अर्को कार्यक्रम– आइटी मिटअपका एक सहभागीले भने– “सरकारले आफ्नो काम ग-यो, अब म मेरो काम गरेर देखाउँछु । पाँच हजार जनालाई रोजगारी दिने मेरो सपना पूरा हुने भयो । धन्यवाद सरकार ।” यी प्रतिनिधिमूलक प्रतिव्रिmयाले हाम्रो निजी क्षेत्रको मनोबलको सङ्केत गर्छन् । निजी क्षेत्रको मनोबल उकास्न हामीले दुई वटा काम ग-यौँ । पहिलो– ‘सरकार स्टन्टबाज भयो’ र ‘सरकारले थुन्ने अनि सुन्ने काम ग-यो’ भन्ने टिप्पणी भइरहेका सुनिन्थे । उतिखेर सरकार– सुशासनका काम नीतिगत र संरचनागत तवरबाट होइन, क्यामराका अगाडि मन्त्री र अधिकारीले गर्ने ‘एक्सन/कट’ प्रदर्शनबाट गरिरहेको देखिन्थ्यो । पर्दामा एउटा मञ्चन, नेपथ्यमा अर्कै तारतम्य मिलाइएको हुन्थ्यो । सरकारले ‘भ्रष्टाचारविरोधी एक्सन’ मञ्चमा गरिरहने, भित्रभित्रै तारतम्मे मिलाएर डरलाग्दा अनियमितता हुर्किरहने प्रवृत्ति अहिले छैन । 

दोस्रो– उद्योगी व्यवसायीको हातखुट्टा फैलाउन अवरोधका रूपमा रहेका कतिपय नीतिगत व्यवस्थामा उनीहरूको अपेक्षाभन्दा अघि बढेर सरकारले कानुनमा सुधार गरेको छ । 

सभामुख महोदय, 

कतिपय साथीहरूबाट मैले ‘बच्चाको जस्तो स्वभाव’ भन्ने टिप्पणी पनि सुन्ने गरेको छु । बच्चा होस् वा पाका, कसैलाई पनि डर देखाउनु हुँदैन भन्ने म ठान्छु । आफैँ डराउनेलाई दिन मिल्ने जवाफ चाहिँ मसँग छैन । बरु तिनीहरू आफ्नै कर्मको भयपासमा पो परेका हुन् कि भन्ने लाग्छ । आज यत्ति चाहिँ भन्छु– पार्टी टुक्रयाउने, भत्काउनेज स्ता खुद्रे कुरा यो सरकारको मेन्युमा छैन । ढुक्क हुनुस्– कांग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन । विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फाले जस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघेसङ्व्रmान्ति काट्दैन ।’ आदि इत्यादि । 

‘ढलेँ–ढलेँ, ढलेँ–ढलेँ म त...’ यो ‘गीत’ अति नै गाइयो । यो ‘गीत’ मनोरञ्जन पार्टी÷उत्सवहरूमा सुहाउला, राजनीतिमा सुहाउँदैन । अझ एक जना माननीयले कतै यस गीतलाई श्लील भएनसमेत भन्नुभएको सुनेको छु । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ । 

सरकार बनाउने र हटाउने थलो यही सम्मानित सदन हो, अन्त कतै होइन । दिनरातै यस्ता हल्ला गरेर आगामी तीन वर्ष बिताउनु जनताका लागि के फाइदा ? देशका लागि के फाइदा ? बरु दैलेखमा उत्खनन सफल भएको इन्धनको कुरा गर्नुस्, नागढुङ्गाको सुरुङमा कहिले यातायात चल्छ भन्ने प्रश्न गर्नुस्, भर्खरै ‘ब्रेक थ्रु’ भएको किमाथाङ्का–जोगबनी सडकले चीन र भारत जोडिँदा के फाइदा हुन्छ, त्यसको कुरा गर्नुस् । सरकारको म्युजिकल चेयर गेम भन्दा त जनताको जीवनमा त्यसले पो अर्थ राख्ला कि ! 

सम्माननीय सभामुख महोदय, 

आज म अलिकति संसद््भित्र कानुन निर्माणको कुरामा प्रवेश गर्न चाहन्छु । यस सम्मानित सदनमा हामी सबैले आफैँलाई एक पटक सोध्नुपर्ने एउटा प्रश्न हो– के हामीले संसद््मा कानुन निर्माणको सवालमा आफ्नो दायित्व पूरा गरिरहेका छौँ त ? एउटै कानुन बनाउन हामी किन आधा दशकसम्म लगाइरहेका छौँ ? यस मामिलामा अब हामी गम्भीर बन्नै पर्छ । 

आवश्यक भएकैले सरकारले विधेयक ल्याउँछ । त्यसको हतारो यस सम्मानित सदनले नै महसुस नगर्ने हो भने सुशासन कहाँबाट आउँछ ? जसरी जारी भएको अध्यादेश संसद्् सुरु भएको मितिबाट ६० दिनभित्र कानुनका रूपमा प्रतिस्थापन गर्ने वा अस्वीकार गर्नै पर्छ, त्यसै गरी म विनम्र आग्रह गर्न चाहन्छु– अबदेखि विधेयकलाई पनि ६० दिनभित्रै छिनोफानो गरौँ । छलफललाई असाध्यै समय पुगेन भने बढीमा पटक पटक गरी ३० दिनको समय ननघाऔँ । हतारो भएरै ल्याइएको विधेयक तीन÷तीन महिनाभित्र पनि पारित हुन सकेन भने त्यसले मुलुकलाई न्याय गर्दैन– यसप्रति गम्भीर बनौँ । छलफल गरौँ, बहस गरौँ, नमिलेको कुरा हटाऊँ, केरौँ–फेरौँ, जे गरौँ, तर अब ६० दिनभित्रै कानुन बनाऔँ । 

मैले आज यस सदनमा विनम्रतापूर्वक आफ्नो कुरा राख्नै पर्छ, सरकारले ल्याएको विधेयकलाई ९० दिन बित्दा पनि संसद््ले पारित गरेन भने सरकारले वैकल्पिक व्यवस्था गर्छ । सरकारले समयमै काम नगर्दा मुलुकलाई कुन हदसम्मको क्षति हुन्छ भन्ने कुरा हामीले मनी लाउन्डरिङको मुद्दामा देखी÷भोगिसकेका छौँ । अघिल्ला सरकारको समयमा भएको बेवास्ता र लापर्बाहीको परिणाम अहिले मुलुकले भोग्नुपर्ने भएको छ– हाम्रो देश ‘ग्रे लिस्ट’ मा पर्ने खतरा छ । 

सभामुख महोदय,

अर्बौंअर्बका ठेक्का लागेका वा लाग्नुपर्ने परियोजना र लाख या केही करोडमा सकिने विकासनिर्माणका कामका लागि एउटै कानुनी व्यवस्था राखेर हामीले चाहे अनुसारको विकासको काम गर्न सकिँदैन । यसका लागि सरकारले खास परियोजनालक्षित कानुन बनाउँछ । त्यसको विधेयक सरकारले सदनमा ल्याउँछ । एकदमै ‘अर्जेन्सी’ का साथ यस सम्मानित सदनले काम गरिदिनु पर्छ । ढुक्क हुनुस्, सदनलाई सरकारले ‘बिजनेस’ दिन्छ, कानुन सदनले बनाउने हो, बनाइयोस् । त्यो कानुनको प्रयोग गरेर सरकारले काम गर्छ, काम गरेन भने प्रश्न उठाइयोस् । 

यस मामिलामा मैले आज दुई वटा कुरा नभनी भएको छैन । कानुन र संविधानमा नमिलेका ठाउँमा हेर्ने हाम्रो निकाय न्यायालय नै हो । व्यवस्थापिकाले कानुन बनाउने, कार्यपालिकाले कार्यान्वयन गर्ने, न्यायपालिकाले कानुनको पालना भयो÷भएन हेर्ने । यसभन्दा तलमाथि गर्न कसैले मिल्दैन, सक्दैन । ‘सेपरेसन अफ पावर’ भनेको ‘कम्प्लिमेन्ट अफ पावर’ हो, ‘कम्पिटिसन इन एक्सरसाइज अफ पावर’ होइन । मलाई लाग्छ– देश विकासको मामिलामा सबै निकायको ‘कोअपरेसन अफ पावर’ पनि हामीलाई चाहिएको छ । सरकारले सीमा नाघेमा समाउने धेरै ठाउँ छ । अरू निकायका पनि सीमा छन् । याद गरौँ– सीमा नाघ्दा अरूलाई पनि बाँध्ने ठाउँ छ । 

अख्तियार, लोक सेवा आयोग, महालेखा जस्ता हाम्रा संवैधानिक निकाय छन् । यी निकायका तोकिएका काम, कर्तव्य र अधिकार छन् । अहिले प्रायः यस्ता संवैधानिक निकायमा लामो समय कर्मचारी प्रशासनमा काम गरेका साथीहरू हुनुहुन्छ । मैले आज यत्ति भन्नै  पर्छ– के गर्दा सुशासन कायम हुन्छ ? के गर्दा कर्मचारीको मनोबल घट्छ ? के गरे सुशासनका लागि काम गरेको हुन्छ ? के गरे शासनमा अवरोध हुन्छ ? यो कुरा तपाईंहरूलाई राम्रोसँग थाहा छ । नेपालको ब्युरोव्रmेसीमा काम गर्ने राम्रो क्षमता छ । राजनीतिक नेतृत्वको सहयोग पाए हप्ता १० दिनमै झन्डै तीन दर्जन कानुन संशोधन गर्ने गरी काम गर्ने क्षमता राख्दो रहेछ भन्ने त हालैको कामले पनि देखाएको छ । यसको मनोबल नगिरोस् भन्नेमा म सचेत छु । तपाईंहरू पनि सचेत रहनुहोला ।  

सभामुख महोदय, 

आज यो सदनमा मैले दिल खोलेर आफ्नो कुरा राखेको छु । म चाहन्छु– ८० को दशक हाम्रासामु समृद्धिका लागि सहकार्यको दशक बनोस् । अबको दशकलाई दिगो आर्थिक विकास, समृद्धि र सामाजिक रूपान्तरणतर्फको यात्रा गर्ने अवसरका रूपमा हामीले लिन सकौँ । यसो एक पटक फर्केर हेरौँ त, २०४६ सालपछि हामीले तीन दशक बितायौँ । 

विसं २०५० पछिको एक दशक, अन्योल र गन्जागोलको समयभन्दा फरक पर्दैन । यसलाई बहुदलीय व्यवस्थाविरुद्ध हिंसाको दशक पनि भन्न सकिएला । यो दशक राजनीतिक अस्थिरता, अनिश्चितता र गन्जागोलले भरिएको दशक थियो । ६० को दशकलाई गणतन्त्र स्थापना र सङ्व्रmमणकालको दशक भन्न सकिएला । यो दशकले नयाँ संविधान निर्माणको प्रयास ग-यो । 

७० को दशक– सङ्व्रmमणको अन्त्य, संविधान निर्माण तथा समृद्धिको आधार निर्माणको दशक रह्यो । यस दशकमा नाकाबन्दी र भूकम्पले सिर्जना गरेका बाधा पन्छाउँदै संविधान कार्यान्वयन गर्ने कानुन बनाउने र दूरगामी महŒवका पूर्वाधार निर्माणका काम भए । 

संविधान कार्यान्वयन गर्ने, भूकम्पपछिको पुनर्निर्माण गर्ने, स्थायित्व कायम राख्ने र शान्ति प्रव्रिmयालाई संस्थागत गर्ने दशकका रूपमा यसलाई लिन सकिन्छ । तर अब, ८० को दशक समृद्धिको दशक हुनु पर्छ । यो समयलाई खेर नफालौँ । अबको दशकलाई विकासको दशक बनाऔँ र देशलाई स्थिरता दिऔँ । 

यसका लागि हामीले संविधान, ऐन र कानुनमा जहाँ जे संशोधन र परिवर्तन चाहिन्छ, गर्नु पर्छ । हामीले सुरुदेखि भन्दै आएका छौँ– संविधान देश र जनताको हितका लागि साधन हो, साध्य होइन । र, संविधान असंशोधनीय विषय पनि होइन । हामीले संविधान बनाएको १० वर्ष भयो । अब यसको ‘रिभ्यु’ गर्ने बेला आएको छ । हामीले यसो भन्दा कतिपयले संविधान संशोधन गर्नु पश्चगमन हो भन्नसमेत भ्याए । तर आज फेरि तिनै शक्तिहरू संविधान संशोधनको कुरा खोइ भन्दै हिँडेको देख्दा, ए... उनीहरूले पनि यो मुद्दालाई बोक्न थालेछन् भनेर मलाई खुसी नै लाग्छ । 

सभामुख महोदय, 

यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका व्रmममा देखा परेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ । यसका लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरूसँग छलफल गरिने छ । विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ । र, पहिचान गरिएका विषयहरूमाथि संसद््मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालासँग छलफल गरिने छ । हामी स्पष्ट छौँ, पार्टीहरूका आआफ्नै धारणा र ‘पोजिसन’ हुन सक्छन् । मिलेका कुरामा साझा धारणा बनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिने छ । संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस÷छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा वनाउँछ । र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ । 

सभामुख महोदय,

हामी हाम्रो छिमेक सम्बन्धमा गम्भीर छौँ । दुवै छिमेकी मित्रराष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने, दुवै मित्रराष्ट्रले हासिल गरेका द्रुत विकासबाट यथोचित लाभ लिने, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गर्न चाहन्छौँ ।

अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा हामी पारस्परिक सहयोग, विश्वशान्ति र समृद्धिको पक्षमा रहन्छौँ । र, न्यायोचित राष्ट्रिय हितको पक्षमा अडिग छौँ ।

म, यसबिच अन्तर्राष्ट्रिय सम्बन्धमा हासिल भएको उपलब्धि सङ्क्षेपमा राख्ने अनुमति चाहन्छु । 

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा हाम्रो सहभागिता उपलब्धिपूर्ण रह्यो । १० दिनको अवधिमा मैले सरदर दिनको चार वटा कार्यव्रmममा सहभागिता जनाएँ । मित्रराष्ट्रहरूका राष्ट्रप्रमुख र सरकारप्रमुखसँग भेटवार्ता गरेँ । जलवायु परिवर्तनसम्बन्धी हाम्रो चासो र समिट अफ फ्युचरमा मुलुकको दृष्टिकोण राखेँ । हामी यही मे १६–१८ मा जलवायु परिर्वन र माउन्टेन इकोनोमीमा आधारित अन्तर्राष्ट्रियस्तरको संवाद गर्दै छौँ । त्यसलाई हामीले ‘सगरमाथा संवाद’ भनेका छौँ ।

मैले गत मङ्सिरको १७–२० गतेसम्म मित्रराष्ट्र चीनको औचारिक भ्रमण गरेँ । अत्यन्तै सफल त्यस भ्रमणका व्रmममा आपसी हितका धेरै विषयका अतिरिक्त नेपाल र चीनबीच बहुचर्चित बिआरआई फ्रेमवर्क सहकार्यसहित विभिन्न सम्झौता÷समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीन सरकारका तर्फबाट विसं २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब नेरु दुई अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान पाँच सय मिलियन आरएमबी (करिब नेरु नौ अर्ब ३४ करोड) घोषणा भयो ।

भ्रमणका व्रmममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा दुई देशबिच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश गरिएको छ ।

चीन भ्रमणताका बिआरआईलाई लिएर अनावश्यक बहस र गलत भाष्य स्थापित पनि गर्न खोजिएको थियो । यस सन्दर्भमा एउटा टिप्पणी राख्ने अनुमति चाहन्छु ।

पूर्वाधार र समग्र विकासको मामलामा हामी स्रोतको सीमामा चेपिएका छौँ । बिआरआई होस् वा एमसिसी, वल्र्ड बैङ्क होस् वा एबिडी वा एआइआइबी– हाम्रो अवस्था यो लिन्छु वा त्यो लिन्छु, यसले दिने लिन्छु– त्यसले दिने लिन्नँ भन्ने छनोटको सुविधाको तहमा छैन । अनुदान होस् वा सहुलियत ऋण, एफडिआई होस् वा ब्लेन्डेड फिनान्स– मुलुक र जनतालाई अहित नगर्ने सर्तमा स्विकार्नुको विकल्प हामीसँग छैन । 

कुनै समय ‘धेरै ऋण ल्याउन सक्ने अर्थमन्त्री– सफल अर्थमन्त्री’ को समेत ‘न्यारेटिभ्स’ मुलुकमा थियो । अहिले समय फेरिएको छ । अनुदान, हाम्रो राष्ट्रिय स्वार्थसँग नबाझ्ने र ऋण÷सहायता हाम्रो ल्याकतले तिर्न सक्ने लेखाजोखा गरेर नै लिनु  पर्छ । चोखो बन्छु भनेर अविकासमा जकडिने र उत्पात गर्छु भनेर भावी पुस्तालाई अन्धाधुन्ध ऋणको जालोमा पार्ने काम यो सरकारबाट मात्रै होइन, कुनै पनि सरकारले गर्न हुन्न ।

अन्त्यमा,

यस सदनमा हामी कोही सरकार पक्ष छौँ, कोही प्रतिपक्ष छौँ । जनताका हितमा, राष्ट्रलाई अलमलबाट तीव्र गतिको विकासमा लैजान कोही किन प्रतिपक्ष हुनै  पर्छ ? संसद््को यस अधिवेशनले आवश्यक नयाँ कानुन दिएर विकासको रफ्तारलाई तीव्रता दिन नयाँ रेकर्ड राख्ने छ भन्ने विश्वास गर्दै मेरो भनाइ यहीँ टुङ्ग्याउँछु ।

धन्यवाद !

(प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार  प्रतिनिधि सभा बैठकमा गर्नुभएको सम्बोधनको पूर्ण पाठ –सं.)