• १७ माघ २०८१, बिहिबार

सहिद लोकतन्त्रको गहना : देउवा

blog

काठमाडौँ, माघ १६ गते । लोकतन्त्रको स्थापनाको क्रम सम्म आइ पुग्न सहिदले त्याग गरेको बलिदान नै राष्ट्रले भुल्न नहुने र शहीद लोकतान्त्रिक मुलुकको गहना भएको पुर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले बताउनुभएको छ । 

नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनर्स्थापना, लोकतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि लोकतान्त्रिक आन्दोलनको अग्र मोर्चामा होमिएर अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएको उहाँको शुभकामना सन्देशमा उल्लेख छ । 

नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने अमर शहीदमा सभापति देउवाले श्रद्धा व्यक्त गर्नुभएको छ ।