• २९ पुस २०८१, सोमबार

रवि लामिछानेको थुनछेक बहस सकिएन : न्यायिक हिरासतमा पठाइयो

blog

बहसपछि सोमबार साँझ अदालत परिसरबाट बाहिरिनुहुँदै पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने।

काठमाडौँ, पुस २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ।

लामिछाने बयान सकिए पनि थुनछेक बहस नसकिएपछि अदालतले सोमबार उहाँलाई न्यायिक हिरासतमा पठाएको हो । 

आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस नसकिएपछि लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको थियो । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस जारी रहेकाले उहाँ हिरासतमै बस्नुपर्ने भएको हो । मंगलबार माघ १ गते माघीको सार्वजनिक बिदा भएकाले अदालत बन्द हुन्छ । अब लामिछाने बुधबार मात्र अदालतमा उपस्थित हुनुहुनेछ । 

लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीको हिरासतमा राखिएको छ । 

लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा मुद्दा दर्ता भएको छ। लामिछानेसहितका प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार दुई सय ७० रुपियाँ बिगो कायम गरिएको छ।   

यो पनि पढ्नुहोस

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रविलाई ६५ र छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश