काठमाडौं, पुस २५ गते । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । मन्त्री पाण्डेले भन्नुभयो, ‘‘मेरो कुनै पनि विभागीय कर्मचारीहरु माथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्यो, कहिले गर्योभन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु ।’’
उहाँले नेपाल वायुसेवाको विमान सञ्चान र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको उद्घोष गर्नुभयो । उहाँले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायाले ध्यानदिनु पर्ने समेत उल्लेख गर्नुभयो ।
उहाँले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पार्नुभयो । मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरुमा समेत नियमित विमान सञ्चालन र ठुला विमान समेत उडान हुनु पर्नेमा प्रष्ट पार्नुभयो ।