मकवानपुर समाचारदाता
हेटौँडा, पुस २५ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले औद्योगिकीकरणका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य सङ्घको ५८ औँ वार्षिक साधारण सभाको बुधबार हेटौँडामा उद्घाटन गर्दै उहाँले उद्योगी व्यवसायीका लागि लगानीमैत्री वातावरण निर्माण र आवश्यक ऐन कानुन बनाउन सरकार तयार रहेको बताउनुभएको हो । उहाँले प्रदेश सरकार उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने गरी नीति बनाउन तयार रहेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रदेश सरकारले लगानी प्राधिकरण बनाउने गरी तयारी गरिरहेको चर्चा गर्दै लगानीकर्ता सुरक्षित भएको अवस्थामा मात्र लगानी गर्ने, लगानीले उत्पादनमा वृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभयो । रोजगारीको अवसर सिर्जना भएन, विदेश पलायन भयो भन्छाँै तर यस्तो हुनुको समस्याको पहिचान गर्दैनौँ
कार्यव्रmममा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगको विकासबाट मात्र रोजगारीको सिर्जनासँगै देशको अर्थतन्त्रको विकास हुने बताउँदै नयाँ औद्योगिक क्षेत्रको स्थापनाभन्दा भएको औद्योगिक क्षेत्रको उपयोग आवश्यक भएकोमा जोड दिनुभयो ।
प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले वर्तमान सरकारले अर्थतन्त्रलाई लयमा ल्याउने काम गरिरहेको उल्लेख गर्दै कर्मचारीले सहयोग नगर्दा सरकारका कतिपय काममा अवरोध पुगेको बताउनुभयो । प्रतिनिधि सभाका अर्का सदस्य दीपकबहादुर सिंहले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण आवश्यक भएको र सहकारीपीडितले रकम फिर्ता पाउनुपर्ने माग गर्नुभयो ।
बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्योग वाणिज्यसम्बन्धी नीति बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।