तनहुँ समाचारदाता
तनहुँ (बन्दीपुर), पुस १७ गते । तनहुँको बन्दीपुर गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । बन्दीपुर भ्रमण वर्ष–२०२५ शुभारम्भको अवसरमा सार्वजनिक बिदा दिएको हो । पुस १७ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सुुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भ्रमण वर्ष शुभारम्भ गर्ने अध्यक्ष थापाले बताउनुभयो ।
पहाडकी रानी उपनामले चिनिएको बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रित भएकाले त्यसको लाभ गाउँसम्म पु¥याउने प्रमुख उद्देश्यले अङ्ग्रेजी वर्ष २०२५ लाई बन्दीपुर भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको अध्यक्ष थापाले बताउनुभयो ।