• ११ पुस २०८१, बिहिबार

नेपाललाई ब्याडमिन्टनमा एक कांस्य

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै प्रिन्स दाहाल र रसिला महर्जनको जोडी ।

काठमाडौँ,  पुस १० गते । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको सेमिफाइनल खेलमा नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनको जोडी थाइल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडीसँग २१–१५, २१–१७ ले पराजित भएपनि नेपालले कांस्यमा चित्र बुझाएको हो । 

यसअघि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई हराएर सेमिफाइनलमा स्थान बनाउनुभएको थियो । 

नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी च्याम्पियनसिपको मिकस युगलकै अर्को खेलमा मलेसियाका लाउ यि सेङ्ग र याप रु चेनको जोडीले फाइनलमा स्थान बनाउनुभयो । महिला एकलतर्फ भारतकी इरा शर्मा र थाइल्याण्डकी ललिनरात चाईवान फाइनलमा पुग्नुभएको छ ।