• ११ पुस २०८१, बिहिबार

खोटाङमा सुमो दुर्घटना : एक गम्भीर घाइते

blog

दुर्घटनाग्रस्त सुमो ।

राजकुमार भट्टराई

खोटाङ, पुस १० गते । खोटाङको बाँसपानीमा सुमो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–३ बाँसपानीस्थित राठीमा सुमो गाडी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका हुन् । सुमो चालक बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट केपिलासगढी गाउँपालिका–१ फेदी जादै गरेको ना १ ज ७१८१ नम्बरको सुमो बाँसपाानी भदौरेडाँडाबाट ताप खोला बगरमा झरेको हो । सुमोमा एक जना मात्र यात्रु रहेको पाइएको स्थानीय प्रताप राईले बताउनुभयो । सुमोे गाडी सडकबाट करिब ५ सय मिटर तल खोला बगरमा खसेर छ । सुमोसँगै खसेका फेदीका अन्दाजी ६० वर्षीय दुर्गा प्रसाद राई गम्भीर घाइते अवस्थामा भेटिएको राईको भनाइ छ । 

घाइते राईको इलाका प्रहरी कार्यालय बाक्सिला, जनप्रतिनिधिसँगै स्थानीयले उद्धार गरेका हुन् ।  होसमै रहे पनि गम्भीर घाइते अवस्थामा रहेका राईको प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको स्थानीय प्रताप राईले बताउनुभयो । 

सुमो चालक भने घटना स्थलमा भेटिएका छैनन् । उनी घटना स्थलबाट भागेको हुनसक्ने बताइएको छ ।