• ८ पुस २०८१, सोमबार

राजनीतिमा सेवाको भावको महत्त्व बढी हुनुपर्छः उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह सोमबार काठमाडौंमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौं, पुस ८ गते । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले सङ्ख्या ठुलो हुने तर कांग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्त्व नबुझ्ने कुरा राम्रो नरहेको धारणा राख्नुभयो । इतिहास स्थापना गरेको पार्टीका नेताहरुले क्रियाशिल सदस्यहरु हौँ, भन्ने कुरा बिर्सिन नहुने उहाँको भनाइ छ । उहाँले आफूहरु राष्ट्र र समाजका सेवा गर्न राजनीतिमा लागेको बताउनुहुँदै राजनीतिमा सेवाको भावको महत्त्व बढी हुनुपर्ने बताउनुभयो ।

‘‘हामीले सबै क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा इन्भल्व गराउन सक्नुपर्छ । सङ्ख्या चाहीँ ठुलो हुने तर सङ्ख्या ठुलो भएर पनि नेपाली कांग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्त्व नै बुझाउन नसकेको हो की के हो ? त्यसमा कमी, कमजोरी भएको हो की ? अब त बुझाउनुपर्‍यो नि त ।,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,  हामी लरोतरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो । जनताको म्याण्डेट पटकपटक लिइसकेको सदस्य हौँ भन्नेकुरा बिर्सिनु भएन । संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिनु भएन । राष्ट्र र समाजका सेवा गर्न हामी राजनीतिमा लागिरहेका छौँ । सेवाको भावको महत्त्व सबैभन्दा बढी हुनुपर्‍यो ।’’

उपप्रधानमन्त्री सिंहले संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिन नहुने बताउनुभयो ।