• ८ पुस २०८१, सोमबार

डाँका समूहले गरे झाको मृत्यु

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, पुस ६ गते । महोत्तरीमा डाँका समूहले एक जनाको हत्या गरेको छ । जिल्लाको मनरासिश्वा नगरपालिका वडा नं. ४ साँढामा गए राती डकैत समूह घर प्रवेश गरेपछि प्रतिकारका क्रममा ७० वर्षीय सुशील झालाई हत्या गरेको प्रहरीले जनाएको छ । 

शुक्रवार राती हतियार सहित डाँकाको समूह पूर्व गाविस सचिव सुशील झाको घरमा प्रवेश गरेका थिए । प्रतिकारका क्रममा झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । 

प्रहरीको प्रारम्भिक छानबिन अनुसार नियोजित रूपमा झाको हत्या गरिएको हुन सक्ने जनाएको छ ।