• ३ पुस २०८१, बुधबार

च्याङलिङको डोटीचौतारादेखि बिरुवाटार सडक कालोपत्रे हुँदै

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस ३ गते । गोरखाको पालुङटार नगरपालिका अन्र्तगत पर्ने डोटीचौतारा देखि बिरुवाटार सडक कालोपत्रे हुने भएको छ । नगरपालिकाको सबैभन्दा जन्घन्त्व भएको वडा ७ र ८ नम्बर वडाको कृषि जन्य उत्पादित बस्तु सहजै तबरबाट बजारसम्म ल्याउन डोटीचौतारा देखि बिरुवाटारसम्म झण्डै २ किलोमिटर सडक खण्ड कालोपत्रे हुने भएको पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तनले जानकारी दिनुभयो ।   

उहाँका अनुसार पालुङटार नगरपालिकाको चालु आर्थिक बर्षको बजेटबाट सडक कालोपत्रे गर्ने काम भएकाले च्याङलिङको डोटीचौतारादेखि बिरुवाटार हुँदै पालुङटार नगरपालिकाको कार्यालय नजिक राधाकृष्ण मन्दिर चोकको पुग्ने सडक कालोपत्रे हुने भएको उहाँले बताउनुभयो ।  

धुलो र हिलो सडक भएर हिड्नु पर्ने बाध्यताको अन्त्य गर्दै पालुङटार नगरपालिकाले बजेट व्यवस्थापन गरी सडक कालोपत्रे गर्ने योजना अनुसार सडक कालोपत्रे गर्न लागिएको पालुङटार नगरपालिकाका ईन्जिन्यिर सन्दिप मरहठ्ठाले बताउनुभयो । 

सडक बाटो भएर तनुहँको डुम्रे र तुरतुरु पोखारा लगायतका ठाउँमा सहज तवरबाट पुग्न यात्रुलाई लागि कम खर्चमा आवतजावत गर्न सकिने भएको छ । कालोपत्रे हुने भएपछि स्थानीयहरु खुशी भएका छन् । सडक मार्ग भएर ७ र ८ नम्बर वडामा उत्पादति लिचि उखु केरा लगाएतका फलफुलहरु सजिलै सडक मार्गबाट बजार लानसकिने भएकाले पनि स्थानीयहरुलाई राहत हुने भएको छ । 

कालोपत्रे सडक योजनाको लागि ए २ जेट कम्पनीसँग २०८१ साल मंसिर १५ गते सम्झौता भएर काम अघि बढेको पालुङटार नगरपालिकाका ईन्जिनियर सन्दिप मरहठ्ठाले जानकार िदिनुभयो । २०८२ साल जेठ मसान्त सम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि निर्माण कम्पनीले दु्रत गतिमा काम अघि बढाएकाले यहि चैत मसान्त सम्म काम सम्पन्न हुने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको चालु आर्थिक वर्षको बजेटबाट १ करोड ८० लाख रुपैयाँमा निर्माण कम्पनीबिच ३ किलोमिटर सडक कालोपत्रे र एक साईडमा पक्की नाली बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । कालोपत्रे सडकको ५.५ मिटर चोडाई सबग्रेड, सबबेस, बेस फाईनल भएकाले तोकिएको समय सिमा भन्दा २ महिना पहिले नै कालोपत्रे हुनेगरी काम अघि बढिरहेको नगरपालिकाका मेयर बिबश चिन्तनको भनाइ छ ।