• ८ पुस २०८१, सोमबार

लुब्नालाई उपाधि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २ गते । १५ प्रतियोगीलाई पछि पार्दै लुब्ना चन्द ग्लोरी किड्स ट्यालेन्ट–२०२४ को विजेता बन्नुभएको छ । प्रतियोगितामा पूर्णिमा तिमल्सिना र दीपिका राई पहिलो र दोस्रो उपविजेता बन्नुभयो । विजेता चन्दले प्रतियोगिताको शीर्ष उपाधिसहित मस्ट चार्मिङ, उत्कृष्ट पर्सनालिटी र उत्कृष्ट पब्लिक स्पिकरको अवार्डसमेत हात पार्नुभयो । पहिलो उपविजेता तिमल्सिनाले मस्ट ट्यालेन्ट एवं मस्ट इन्टेलिजेन्टको अवार्ड आफ्नो नाममा पार्नुभयो । दोस्रो उपविजेता राईले पब्लिक एन्ड पपुलारिटीको अवार्ड हात पार्नुभयो ।  

प्रतियोगितामा सुप्रिया सुन्दास अर्गनाइजर च्वाइस बन्नुभयो भने अबिना अर्याल मस्ट पपुलर च्वाइस र बेस्ट स्माइल अवार्ड विजेता घोषित हुनुभयो ।  त्यसै गरी सुवर्ण न्यौपाने भ्युवर्स च्वाइसतर्फको विजेता बन्दा साकम्बरी बर्देवा मस्ट क्रियटिभ र बेस्ट वाककी विजेता बन्न सफल हुनुभयो । विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँका साथै आकर्षक उपहार प्राप्त गरेका छन् । ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले यस्ता प्रतियोगिताले बाल प्रतिभाको सम्मान गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने र भविष्यमा अझ बढी प्रतिभावान् पुस्ता तयार गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।