• ५ असार २०८२, बिहिबार

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

blog

दमौली (तनहुँ),  मङ्सिर ३० गते । आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आँपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । 

पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताउनुभयो । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गर्नुभएको छ । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको  थियो । 

गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई  लामो समयसम्म  रुखमा देखिएकोे स्थानीय प्रसन्न अधिकारीले बताउनुभयो । 

यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ । रासस